close

अब खल्तीबाटै ११ बीमा कम्पनीको अनलाइन प्रिमियम

टेकपाना टेकपाना

बैशाख १६, २०७७ ११:४१

अब खल्तीबाटै ११ बीमा कम्पनीको अनलाइन प्रिमियम

काठमाडौं । खल्ती डिजिटल वालेटबाट अब ११ वटा बीमा कम्पनीको प्रिमियम भुक्तानी गर्न सकिने भएको छ । लोकप्रिय डिजिटल भुक्तानी सेवाप्रदायकको रुपमा स्थापित खल्तीले कोरोना भाइरसको महामारीको समयमा घरबाटै बीमा प्रिमियम भुक्तानी गर्न सकिने गरी विभिन्न बीमा कम्पनीलाई आवद्ध गर्दै लगेको छ ।

हाल खल्तीबाट सानिमा लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स,नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको प्रिमियम अनलाइन भुक्तानी गर्न सकिन्छ ।

यसैगरी एजोड इन्स्योरेन्स र ज्योती लाइफ इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, एचजीआई इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम भुक्तानीको सुविधा समेत खल्तीमा उपलब्ध छ ।

खल्तीको अनलाइन बजार सेक्सनमा गएर आफूले चाहेको इन्स्योरेन्स कम्पनी छनौट गरी बीमा प्रिमियम भुक्तानी गर्न सकिन्छ । जसमा ३०० रुपैयाँदेखि माथिका प्रिमियमहरु उपलब्ध छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३