close

लकडाउनमा स्मार्टको अफर, निःशूल्क कलदेखि ४५ जीबी डेटा

टेकपाना टेकपाना

बैशाख १६, २०७७ १३:४८

लकडाउनमा स्मार्टको अफर, निःशूल्क कलदेखि ४५ जीबी डेटा

काठमाडौं : निजी क्षेत्रको मोबाइल सेवा प्रदायक स्मार्ट टेलिकमले आफ्ना प्रयोगकर्ताका लागि विशेष राहत प्याकेज घोषणा गरेको छ । कम्पनीले विश्वव्यापी महामारीका रुपमा रहेको कोरोनाभाइरसको संक्रमण रोक्न लागू भएको लकडाउनको समयमा आफ्ना प्रयोगकर्ताका लागि विशेष प्याकेज ल्याएको हो ।

लकडाउन तथा बन्दाबन्दीका कारण फोनमा ब्यालेन्स नभएका (रिचार्ज गर्न नपाएका ) प्रयोगकर्ताका लागि यो प्याकेज विशेष सहयोगी हुने आशा कम्पनीको विश्वास छ । सामाजिक उत्तरदायीत्व (सीएसआर) को रुपमा स्मार्ट टेलिकमले शून्य ब्यालेन्स भएका प्रयोगकर्ताका लागि ३० मिनेट अन नेट र ३०० एमबी डाटा (फोरजी) निःशूल्क रुपमा उपलब्ध गराउन थालेको छ ।

यो अफरको म्याद ३० दिन निर्धारण गरिएको छ । लकडाउनमा घरै बसेर काम गरिरहेका ग्राहकहरुका लागि बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्मका लागि २९९ रुपैयाँंमा (३८१.७९ करसहित) ३० दिनका लागि ४५ जिबी डेटा समेत उपलब्ध गराउन थालेको छ ।

त्यसैगरी ७६.७५ रुपैयाँमा (९८ रुपैयाँ करसहित) एक साताका लागि ३ जिबी डेटा प्राप्त गर्न सकिनेछ । स्मार्टदेखि स्मार्टकै नम्बरमा फोन गर्दा एक सातासम्म कुनै शूल्क नलाग्ने स्मार्टले जनाएको छ ।

नेपालको ग्रामीण भेगमा सेवा प्रदान गर्दै आइरहेको स्मार्ट टेलिकमले सात वर्ष अघि युनिफाइड लाइसेन्स प्राप्त गरेको थियो । सन् २००८ देखि नै नेपालको ग्रामीण भागमा आफ्नो सेवा सुरु गरेको कम्पनी नेपालको तेस्रो ठूलो दूरसञ्चार सेवा प्रदायकको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३