close

दराजमा निःशूल्क व्यवसाय गर्ने अवसर, ईकमर्श तालिम पनि सित्तैमा

टेकपाना टेकपाना

बैशाख १७, २०७७ ९:१६

दराजमा निःशूल्क व्यवसाय गर्ने अवसर, ईकमर्श तालिम पनि सित्तैमा

काठमाण्डौं । नेपालमा कोरोनाभाइरसको महामारीले अर्थतन्त्रमा पुर्‍याएको पूर्ण क्षतिको अनुमान अहिले नै गर्न त सकिँदैन । तर यसले साना तथा मध्यम उद्यम (एसएमई) लाई भने निकै ठूलो क्षति पुर्‍याएको कुरा स्पष्ट छ।

अर्थव्यवस्थालाई पुनर्जीवन दिन र महामारीको प्रभावलाई कम गर्न एसएमई क्षेत्रलाई उकास्नु एकदमै जरुरी छ । नेपालकै ठूलो अनलाइन बजार दराजले दराज बिक्रेता सहयात्री कार्यक्रम सुरू गरेको छ।

कम्पनीले देशभरका व्यवसायीहरूलाई आफ्नो डिजिटल प्लेटफर्म मार्फत व्यावसाय विस्तार तथा सञ्चालन गर्न आमन्त्रित गरिरहेको छ। यस कार्यक्रम अन्तर्गत दराजले स्थानीय रुपमा कूल ५५ लाख रुपैयाँ आर्थीक सहायता उपलब्ध गराउने छ।

कार्यक्रम अन्तर्गत दाराजले साना र मध्यम उद्यमलाई २०२० को मे  र जून  महिनाका लागी कुनै पनि बजार शूल्क नलिने र कम समयमै दराजमा अनलाइन पसल स्थापना गरिदिने छ ।

यसका साथै बिक्रेताहरुलाई आफ्नो अनलाइन व्यवसायबाट पूर्ण लाभ उठाउन दराज युनिभर्सिटीमार्फत ई-कमर्श सञ्चालन सम्बन्धी शिक्षा तथा तालिम नि:शुल्क दिइनेछ ।

यसका साथै कम्पनीले बिक्रेताहरुलाई दराजमा अनलाइन पसल स्थापना तथा सञ्चालनमा सहयोग पुर्‍याउन आफ्नो अनुभवी स्टाफ तथा विज्ञहरुको साथ पनि उपलब्ध गराउने बताएको छ ।

दराजले एसएमई क्षेत्रलाई पुनर्जीवीत गर्ने उद्देश्यका साथ आफ्नो उपस्थिति रहेका नेपाल सहित सबै देशहरूमा यो कार्यक्रम लागू गरेको छ । जसमा  करीब पाँच लाख अमेरिकी डलर अर्थात ६ करोड रुपैयाँ अनुदान स्वरुप उपलब्ध गराइने छ।

सहयात्री कार्यक्रम मार्फत हजारौं देशभरका एसएमईहरुले ई-कमर्शको उपयोग गरी आफ्नो व्यवसाय अघि बढाउन सक्नेमा दराजले विश्वास व्यक्त गरेको छ ।

कम्पनीले व्यवसायलाई अनलाइनमा लान चाहने सबै बिक्रेताहरुलाई दराजमा सम्पर्क गर्न वा दराज विक्रेता वेबसाइटमा गई दर्ता गर्न आग्रह गरेको छ ।

यस्ता छन् कार्यक्रमका थप सुविधा

  • ३० जून, २०२० सम्म सबै दराज बिक्रेताहरुलाई साप्ताहिक भुक्तानी
  • सबै एसएमई बिक्रेताको लागि दराज एपमा हाइ भिजिबिलिटी र प्रचार
  • निःशूल्क कार्यक्षमता सुधार गर्न विश्लेषणात्मक अनलाइन उपकरण
  • नयाँ बिक्रेताहरूलाई अनलाइन पसल स्थापना तथा सञ्चालनमा पूर्ण सहयोग

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३