close

नयाँ आईफोन सार्वजनिक हुने मिति सार्दै एप्पल

टेकपाना टेकपाना

बैशाख १७, २०७७ १५:२०

नयाँ आईफोन सार्वजनिक हुने मिति सार्दै एप्पल

काठमाडौं । आईफोन निर्माता कम्पनी एप्पलले सन् २०२० सुरु भएसँगै आफ्ना उत्पादन सार्वजनिक गर्ने समय सारिरहेको छ । कोरोनाभइरसका कारण तीन पटक मिति सारेको एप्पलले यसै महिनामात्रै सार्वजनिक गरेको थियो ।

अब अन्य फोन सार्वजनिक हुने मिति समेत परिवर्तन हुने भएको छ । कम्पनीले सन् २०२० मा सार्वजनिक गर्ने भनिएका अन्य उत्पादन तोकिएको समयभन्दा एक/दुई महिना ढिला गरी सार्वजनिक हुने जनाएको छ ।

कम्पनीले सन् २०२० मा चार फरक मोडलमा आईफोन सार्वजनिक गर्नेछ । जसमा केही फाइभजी सर्पोट गर्ने समेत हुनेछन् । ती फोनहरु ५.४ इञ्च, ६.१ इञ्च र ६.७ इञ्च गरी तिन फरक साइजमा आउने छन् ।

ती फोन ठ्याक्कै यही भन्ने नभएतापनि आईफोन इलाभेन ६.१ इञ्च, आईफोन इलाभेन प्रो ५.८ इञ्च र आईफोन इलाभेन प्रो म्याक्स ६.५ इञ्चमा सार्वजनिक भएकाले आईफोन ट्वेल्भ सिरिजका फोन हुन सक्ने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३