close

सामसङ ग्यालेक्सी एस ट्वान्टी अल्ट्रामा रियर क्यामराको सिसा फुट्ने समस्या

टेकपाना टेकपाना

बैशाख १७, २०७७ १४:११

सामसङ ग्यालेक्सी एस ट्वान्टी अल्ट्रामा रियर क्यामराको सिसा फुट्ने समस्या

काठमाडौं । सामसङ ग्यालेक्सी एस ट्वान्टी अल्ट्राको डिजाइनमा समस्या देखिएको छ । कतिपय प्रयोगकर्ताले आफूले प्रयोग गरेको फोनको रियर क्यामरामा प्रयोग भएको ग्लास आफै फुटेको भन्दै गुनासो गरिरहेका छन् ।

उनीहरुले फोन कतै नखस्दा अथवा कतै नठेकिँदा पनि रियर क्यामरामा प्रयोग भएको ग्लास फुटेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् । त्यसमध्ये कतिपय प्रयोगकर्ताले सामसङ फोरममै आफ्नो फोनमा देखिएको समस्याबारे जानकारी गराइरहेका छन् ।

जसले यस्तो समस्या देखाएका छन्, उनीहरुको फोन कहिलै भुइमा नपछारिएको समेत उल्लेख छ । प्रयोगकर्ताका अनुसार कसैको रियर क्यामरा ग्लासमा चर्किएको त कसैले प्वाल नै परको छ ।

फ्ल्यागशिप स्मार्टफोनमै यस्तो समस्या देखिएपछि प्रयोगकर्ताहरु निराश देखिएका छन् । किनभने पछिल्लो समय कम्पनीहरुको मोबाइल बिक्री गर्ने मूख्य फिचर नै हो ।

प्रयोगकर्ताले पनि क्यामेराकै आधारमा फोनका लागि धेरै रकम खर्चिन तयार भइरहेका हुन्छन् । यस्तोमा क्यामरा ग्लासमै समस्या आउनु भनेको क्यामरा प्रयोग गर्न समेत समस्या आउनु हो ।

जसको असर कम्पनीको फोन बिक्रीमा समेत पर्ने निश्चित छ । अर्कोतर्फ क्यामेराको ग्लास कम्पनीको वारेन्टीले समेट्ने भागमा समेत पर्दैन ।

हालसम्म कम्पनीले मोबाइल रिप्लेसमेन्टको विषयमा समेत केही जानकारी दिएको छैन । यदि ग्राहक आफैले फेर्नुपर्ने अवस्था आए ४ सय अमेरिकी डलरसम्म खर्च गर्नुपर्ने हुनसक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३