close

अब गूगलको मीट भिडियो कन्फ्रेन्सिङ सबैका लागि निःशूल्क

टेकपाना टेकपाना

बैशाख १७, २०७७ १६:५१

अब गूगलको मीट भिडियो कन्फ्रेन्सिङ सबैका लागि निःशूल्क

काठमाडौं । गूगलले आफ्नो भिडियो कन्फ्रेन्सिङ एप मीट सबैका लागि निःशूल्क खुला गरिएको घोषणा गरेको छ । यस अघिसम्म मीट कल सुरु गर्न प्रयोगकर्ताले जी स्वीट अकाउन्टमा पैसा तिर्नुपर्ने व्यवस्था रहेको थियो ।

अब भने जोकोहीले निःशूल्क रुपमा मीटमा कल होस्ट गर्न सक्ने छन् । निःशूल्क मीट कलमा सबैको पहुँच पुग्न भने केही साताको समय लाग्ने बताइएको छ ।

तर सेप्टेम्बरपछि भने यो छूटको सूविधा नदिने कम्पनीले जनाएको छ । सेप्टेम्बरपछि निःशूल्क रुपमा मीटको सेवा प्रयोग गर्नेहरुले ६० मिनेटको मात्र लिमिटेड मिटिङ सेवा उपभोग गर्न पाउने छन् ।

तर अहिलेका लागि प्रयोगकर्ताहरुले आफ्नो इच्छाअनुसार भरपूर समय निःशूल्क रुपमा मीटको सेवा प्रयोग गर्न पाउने छन् । तर निःशूल्क सेवामा भिडियो कन्फ्रेन्सिङको दाैरान सय जनाभन्दा धेरै सहभागी अटाउन भने सक्ने छैनन् । 

यसमा पनि प्रयोगकर्ताहरुले स्क्रिन शेयरिङ, रियल टाइम क्याप्सन र कम्पनीले केही दिन अघि ल्याएको न्यु टाइल्ड लेआउट पाउन सक्नेछन् । तर मिटिङको सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताहरुसँग आफ्नो गूगल अर्थात जीमेल अकाउन्ट भने हुनुपर्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३