close

गूगल र एप्पलले तयार पारेको कन्ट्याक्ट ट्र्याकिङको एपीआई सार्वजनिक

टेकपाना टेकपाना

बैशाख १८, २०७७ ११:४९

गूगल र एप्पलले तयार पारेको कन्ट्याक्ट ट्र्याकिङको एपीआई सार्वजनिक

काठमाडौं । कोरोनाभाइरसको महामारीका कारण सिर्जित समस्याले गूगल र एप्पलले इतिहासकै पहिलो सहकार्य गर्न प्रेरित गर्‍यो । जसको प्रतिफल स्वरुप तयार भएको कन्ट्याक्ट ट्र्याकिङ टूलको पहिलो भर्सन सार्वजनिक भएको छ ।

बुधबार सार्वजनिक भएको एपीआईको प्रयोग गरी डेभलपरहरुले कन्ट्रयाक ट्रयाकिङ एप तयार पार्न सक्नेछन् । एपीआईका रुपमा आएको उक्त पहिलो भर्सन डेभलपरलाई लक्षित गरेर ल्याइएको छ ।

जसको उद्देश्य हाल स्वास्थ्य संगठनहरुका लागि ट्रयाकिङ र नोटिफिकेशन एप बनाउनेहरुबाट प्रतिक्रिया लिनु रहेको छ । गत हप्ता एप्पलका सीईओ टीम कूक र युरोपियन आयुक्त थेरी बेर्टोनबिच भएका कुराकानीबाट यहि हप्ता उक्त एपीआई सार्वजनकि हुने जानकारी बाहिर आएको थियो ।

एप्पल र गूगलका अनुसार यो एपीआईको विषमा थप जानकारी शुक्रबार उपलब्ध गराइने छ ।यसअघि गूगल र एप्पलले एक अर्काबीचको सहकार्यमा कन्ट्याक्ट ट्र्याकिङ प्रणाली निर्माण गर्ने जनाएका थिए ।

जुन आईओएस र एन्ड्रोइड दुवैमा सपोर्ट गर्नेछ । यसको मद्दतले कोराना संक्रमित व्यक्तिको पहिचान गर्न र यदि कोही मान्छे कोराना संक्रमित व्यक्तिको नजिक गएको अवस्थामा सचेत गराउनका लागि अलार्म दिइनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३