close

जूमको प्रतिस्पर्धी गूगल मीटमा दैनिक ३० लाख प्रयोगकर्ता थपिँदै

टेकपाना टेकपाना

बैशाख १८, २०७७ १२:२२

जूमको प्रतिस्पर्धी गूगल मीटमा दैनिक ३० लाख प्रयोगकर्ता थपिँदै

काठमाडौं । कोरोनाभाइरसका कारण पछिल्लो समय भिडियो कन्फ्रेन्सिङ एपको प्रयोग एकदमै बढेको छ । भिडियो कन्फ्रेन्सिङ एप ज‍ूम यसबीच सबैभन्दा चर्चाको विषय बन्यो ।

त्यसको प्रतिस्पर्धामा उत्रिन गूगलले आफ्नो सर्भिस गूगल मिटलाई प्रभावकारी बनायो । त्यतिमात्रै भएर कम्पनीले गूगल मिटको सम्पूर्ण सेवालाई हालको समयमा निःशूल्क उपलब्ध गराउने घोषणा पनि गरिसकेको छ ।

भर्खरैमात्रै निःशूल्क गरिएको भएता पनि कम्पनीका प्रयोगकर्ता भने दैनिक ३० लाखको संख्यामा वृद्धि भइरहेको गूगलका सीईओ सुन्दर पिचाईले बताएका छन् । उनका अनुसार हाल मीटमा १० करोड सक्रिय प्रयोगकर्ता रहेका छन् ।

जुन गएको जनवरीको तुलनामा तीन सय प्रतिशत बढी हो । यसको कारण प्रिमियम सेवा निःशूल्क उपलब्ध गराउनुलाई लिइएको छ ।

जूमको प्रिमियम सेवा प्रयोग गर्नका लागि १५ डलरको हाराहारीमा मासिक बुझाउनु पर्ने हुन्छ । तर, पनि जूमको प्रयोगकर्ता दैनिक रुपमा २० लाखले बढिरहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३