close

क्रोम वेब स्टोरका लागि गुगलको नयाँ नियम, यी काममा लाग्नेछ रोक

टेकपाना टेकपाना

बैशाख १९, २०७७ ८:४९

क्रोम वेब स्टोरका लागि गुगलको नयाँ नियम, यी काममा लाग्नेछ रोक

एजेन्सी । गुगलले क्रोम वेब स्टोर प्रयोगका लागि नयाँ नियम घोषणा गरेको छ । क्रोम बेव स्टोरमा बसेका धेरै स्याड्डी क्रोम एक्सटेन्सनहरुलाई काट्ने प्रयासमा उक्त नयाँ नियम ल्याइएको हो ।

क्रोम अहिलेको लोकप्रिय ब्राउजर प्लेटफर्म भएको हुँदा यसको वेब स्टोरमा धेरै संख्यामा स्पामर्स र फ्रडस्टरहरु भेला हुने गर्छन् ।

पछिल्लो समय डुप्लिकेट, स्पामी र डाउनलाइट मेलिसियस एक्सटेन्सनको संख्या बढ्दा वेब स्टोरलाई प्रदुषित बनाएको गुगलको बुझाई छ । जसले गर्दा यसका सामाग्रीलाई कम गुणस्तरमा परिणत गरिरहेको छ ।

गुगलले यो नयाँ नियमहरु आगामी अगस्ट २७ बाट लागू गर्ने जनाएको छ । नयाँ नियम लागू भएपछि धेरै एक्सटेन्सनहरु हट्ने छन् । यो नयाँ नियमले ती एक्सटेन्सन डेभलपर्स माथि कारावाही गर्नेछ । जसले वेब स्टोरमा स्याड्डी एक्सटेन्सनहरुको बाढी ल्याएर कम गुणस्तरका कन्टेन्ट इन्सटल काउन्ट बुस्ट गरेको छ ।

नयाँ नियमले निम्न कुरामा रोक लगाउने छ ।

  1. डेभलपर्सहरुले डुप्लिकेट एक्सटेन्सनहरु राख्न पाउने छैनन् । उदाहरणका लागि वाल पेपर एक्सटेन्सन नाम सुन्दा फरक लाग्ने तर वाल पेपर इन्स्टल गर्दा एउटै हुने किसिमको डुप्लिकेट एक्सटेन्सन ।
  2. एक्सटेन्सनले कीवबोर्ड स्पाम टेक्निक प्रयोग गरेर मेटाडेटा फिल्डमा बाढी ल्याउन पाउने छैनन् ।
  3. डेभलपर्सहरुले गलत, राम्ररी फर्मेट नभएको, असान्दर्भिक, प्रतिकूल र नन डिस्क्रिप्टिभ मेटाडेटा प्रयोग गर्न पाउने छैनन् । एक्सटेन्सन मेटाडेटा सही हुनुपर्छ । गुगल यो विषयमा कडा नीति अख्तियार गर्दैछ ।
  4. डेभलपर्सले अवैधानिक स्रोतबाट प्रोडक्ट रेटिङ, रिभ्यू र इन्स्टल काउन्टलाई बढाउन पाउने छैनन् । उदाहरणका लागि फ्रडुलेन्ट वा पेड डाउनलोड, रिभ्यू र रेटिङ ।
  5. एक्सटेन्सनहरुको एउटै उद्देश्य हुन्छ । त्यो भनेको वेब पेज वा एप लन्च गर्नु हो । अब त्यसलाई अनुमति दिइने छैन ।
  6. ब्राउजर नोटिफिकेसनलाई दुरुपयोग गरी म्यासेज वा विज्ञापनबाट युजरलाई स्पाम पठाउने एक्सटेन्सनहरु पनि अब प्रतिबन्धमा पर्ने छन् ।

नयाँ नियमको घोषणा भएसँगै अब एक्सटेन्सन डेभलपर्ससँग आफ्नो एक्सटेन्सन लागु गर्न अगस्ट २७ सम्मको मात्र समय छ ।

आफ्नो नियमको उल्लंघन गर्ने सबै एक्सटेन्सनहरुलाई हटाउने गुगलले चेतावनी दिएको छ । क्रोम वेब स्टोरमा हाल दुई लाख एक्सटेन्सनहरु रहेको गुगलले बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३