close

कोरोना संक्रमित पत्ता लगाउने फिचरसहित आईओएस १३.५ काे बेटा भर्सन सार्वजनिक

टेकपाना टेकपाना

बैशाख १९, २०७७ ११:३१

कोरोना संक्रमित पत्ता लगाउने फिचरसहित आईओएस १३.५ काे बेटा भर्सन सार्वजनिक

एजेन्सी । एप्पलले बुधबार आइओएस १३.५ को डेभलपर प्रिभ्यू सार्वजनिक गरेको छ । उक्त डेभलपर प्रिभ्यूमा कोभिड १९(कोरोना भाइरस) कन्ट्याक्ट ट्रयाकिङ फिचरको पहिलो भर्सन रहेको छ ।
यो अपडेट डेभलपर पोर्टलमा उपलब्ध छ । एप्पल र गुगलले अप्रिल १० मा आइओएस र एन्ड्रोइड दुवैका लािग कन्ट्याक्ट ट्रयाकिङ फिचरको घोषणा गरेको छ ।

उक्त कन्ट्याक्ट ट्रयाकिङ फिचरले फोनको रेन्डमाइज्ड टोकन र ब्लुटुथ उपयोग गरेर प्रयोगकर्तादेखि केही फिटको दूरीमा रहेका अन्य व्याक्तिहरुको फोनलाई स्क्यान गर्नसक्छ ।

स्क्यान गरेपछि ती टोकनहरुलाई फोनले लग गर्छ । र यदि कसैमा कोभिड १९ को परिक्षण पोजिटिभ देखियो भने सम्बन्धित मान्छेको फोनमा अलर्ट जान्छ । यो सबै कुरा गोप्यरुपमा हुन्छ । संक्रमितको जानकारी र पहिचान खुल्दैन ।

उक्त बेटामा सार्वजनिक स्वास्थ्य प्रशासनलाई आवश्यक सबै टूल्स र एपीआइ राखिएको छ । यो सुविधालाई कार्यान्वयन गर्न प्रशासनहरुले एप्स बनाउन सक्नेछन् । तर एपीआइ तयार भइसक्ने समय र त्यस अनुसार स्वास्थ्य विभागहरुले एप्स सार्वजनिक गर्ने समय भने अहिलेसम्म यकिन भएको छैन ।

अहिले आइफोनको प्राइभेसी सेटिङ सेक्सनमा कोभिड १९ एक्सपोजर नोटिफिकेसन टर्न अन गर्ने वा अफ गर्ने भन्ने अप्सन उपलब्ध छ । गुगलले पनि एन्ड्रोइड डिभाइसका लागि एपीआई थप गर्दै गुगल प्ले स्टोरमा अपडेट सार्वजनिक गरेको छ ।

यसबीच फेसबुकले मास्क लगाएर पनि फोन अनलक गर्न सकिने नयाँ फेस आइडी स्ट्रिमलाइन प्रोसेस थप गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३