close

एन्ड्रोइडको सुरक्षामा सुधार, नोकिया र गुगल अगाडी

टेकपाना टेकपाना

बैशाख १९, २०७७ १६:३५

एन्ड्रोइडको सुरक्षामा सुधार, नोकिया र गुगल अगाडी

एजेन्सी । बिगतको तुलनामा एन्ड्रोइड प्रयोगकर्ताहरुको सेक्युरिटी अपडेट छिटो र थप विश्वासिलो भइरहेको छ । यही महिना प्रकाशित जर्मनीको साइबर सुरक्षा कम्पनी एसआरल्याबको अनुसन्धान प्रतिवेदनका अनुसार एन्ड्रोइडको प्याच ग्याप घटेको छ ।

२०१८ मा यो ४४ दिन थियो भने अहिले ३८ दिनमा झरेको छ । साधारण भाषामा भन्नुपर्दा, एन्ड्रोइडले आप्mनो अपरेटिङ सिस्टममा भएको सुरक्षा कमजोरी सुधार्न पहिले ४४ दिनमा अपडेट दिन्थ्यो भने अहिले औसत ३८ दिनमा दिन थालेको छ ।

एन्ड्रोइड प्याच डिले वा प्याच ग्याप भनेको अपरेटिङ सिस्टम निर्माणकर्ताले आफ्नो वेबसाइटमा औपचारिकरुपमा सेक्युरिटी अपडेट सार्वजनिक गरेको समयदेखि स्मार्टफोनका निर्माणकर्ताहरुले उक्त सेक्युरिटी अपडेट प्याचलाई डिभाइसमा पठाएको समय हो ।

एसआरल्याब्सले प्याचहरुको बारेमा यो जानकारी स्नूप स्निथको प्रयोग गरेर संकलन गरेको हो । स्नूप स्निथ एउटा सेक्युरिटी स्क्यानर हो जून पाँच लाख एन्ड्रोइड स्मार्टफोनहरुमा इन्सटल भएको थियो ।
एन्ड्रोइडले आफ्नो प्याच डिले पछिल्लो दुई वर्षमा १५ प्रतिशतले घटेको बताएको छ ।

अनुसन्धाकर्ताहरुका अनुसार गुगल, नोकिया र सोनीले आफ्नो कस्टमाइज्ड एन्ड्रोइड ओएसमा सबैभन्दा छिटो एन्ड्रोइड सेक्युरिटी प्याच पठाइरहेका छन् । यस्तै, साओमी, एचटीसी र भिभो भने यो काममा पछाडि छन् ।

नोकिया र गुगल कम्पनीले प्याच एकदमै छिटो अपडेट गरिरहेको एसआरल्याब्सले बताएको छ । यी दुबै कम्पनीको प्याच रेट नेगेटिभ छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३