close

विकृति निम्त्याउने भन्दै पोखरामा अनलाइन कक्षा सञ्चालनमा रोक

टेकपाना टेकपाना

बैशाख १९, २०७७ १९:४५

विकृति निम्त्याउने भन्दै पोखरामा अनलाइन कक्षा सञ्चालनमा रोक

काठमाडौं । पोखरा महानगरपालिकाले अनलाइन कक्षा सञ्चालनमा रोक लगाएको छ । विद्यार्थी तथा अभिभावकहहरुमा मानसिक दबाव परेको भन्दै महानगरपालिकाले अनलाइन कक्षामा रोक लगाएको हो ।

पोखरा महानगरपालिको शैक्षिक प्रशासन महाशाखाले बिहीबार जारी गरेको सूचनामा सम्पुर्ण विद्यार्थीमा आवश्यक पूर्वाधार तथा इन्टरनेट पहुँच नरहेको भन्दै अनुमति बिना अनलाइन कक्षाहरु सञ्चालन नगर्न भनेको छ ।

‘पोखरा महानगरपालिका भित्र सञ्चालित केही संस्थात विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरेको र त्यसरी अनलाइन कक्षा सञ्चालन गर्दा सम्पुर्ण विद्यार्थीहरुमा आवश्यक पूर्वाधार तथा इन्टरनेट पहुँच नरहेको साथै सम्बन्धित निकायको अनुमति तथा आवश्यक पूर्वाधार बिना नै अनलाइन कक्षा सञ्चालन गर्दा समाजमा थप विकृति निम्याउने देखिन्छ,’ महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

त्यस्ता कक्षाहरु बन्द गराउन महानगरपालिकामा उजुरी दर्ता भएको बताउँदै महाशाखाले विद्यालयहरुले सञ्चालन गरेका अनलाइन कक्षा तुरुन्त बन्द गर्न र महानगरपालिकाको अनुमति बिना अनलाइन कक्षा सञ्चालन नगर्न सूचित गरेको हो ।


पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३