close

६४९ डलरमै एप्पलको आइफोन १२ !

टेकपाना टेकपाना

बैशाख २१, २०७७ ११:१७

६४९ डलरमै एप्पलको आइफोन १२ !

एजेन्सी । नयाँ आइफोनको प्रतिक्षामा रहेका प्रयोगकर्तालाई खुसिको खबर छ । एप्पलले नयाँ ल्याउन लागेको आइफोन १२ मोडल ६४९ डलरमै उपलब्ध गराउने भएको छ । आइफोन १२ प्रो पनि ९९९ डलरमै उपलब्ध हुन सक्ने लिकर जोन प्रोसर्सले जनाएको छ ।

अत्यधिक महंगो फोनको रुपमा स्थापित आइफोनको नयाँ संस्करण अनपेक्षित रुपमा कम हुने दाबी लिकरको छ । लिकरले एक स्रोत उद्धृत गर्दै आइफोन १२ मा फाइभजी नेटवर्क उपलब्ध हुने जनाएको छ । यसअघि लिकरले आइप्याड प्रो, म्याक बुक एयर र आइफोन एसईका बारेका पनि सही जानकारी सार्वजनिक गरेको थियो ।

लिकरको पछिल्लो ‘लिक’ अनुसार आइफोन १२ मा ५.४ इन्चको ओलेड डिस्प्ले हुनेछ जसमा दुईओटा क्यामेरा हुनेछन् । यस्तै यसको अर्को ६.१ इन्चको आइफोन १२ को मूल्य भने ७४९ डलर रहनेछ । दुवै आइफोन प्रो मोडलमा तीनओटा क्यामेरा र लिडार रहेको छ ।

दुई फरक विकल्पमध्ये ६.१ इन्चको फोनलाई ९९९ डलर र ६.७ इन्च फोनलाई १,०९९ डलर हुने दाबी छ । तर एप्पलले यसबारेमा हालसम्म कुनै आधिकारिक जवाफ भने दिएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३