२०७९, २७ श्रावण शुक्रबार   |  
Friday 12th August 2022

विण्डोज कमाण्ड प्रोम्प्टबाट यसरी जाँच्नुहोस वाईफाई ‘सिग्नल’

एजेन्सी । वाईफाईको स्पिड चेक गर्न सबैले सधै सिग्नल बार हेर्ने गर्छन् । उक्त सिग्नलमा फूल बार छ भने वाईफाई राम्रो छ । तर कहिलेकाही तपाईको बारहरु मेटिएका हुन्छन् र वायरलेस कनेक्सन कमजोर भइदिन्छ ।

बारहरुको खेल अचम्मै हुन्छ । यो घट्ने बढ्ने भइरहन्छ । राम्रो नेटवर्क खोज्दै कहिले तपाई राउटरको नजिक पुग्नुहुन्छ कहिले उच्च ठाउँमा कहिले होचो ठाउँमा पुग्नुहुन्छ ।

यस्ता अनिश्चित ग्राफिक सिग्नलमा वायरलेस कनेकन्सनको अवस्था चेक गर्नुको सट्टा अर्को नयाँ उपाय तपाईंले अपनाउन सक्नुहुन्छ ।

सबैभन्दा पहिले विण्डोको स्टार्ट बटनमा गएर कमाण्ड प्रोम्प्ट क्लिक गर्नुहोस् । तर तपाई वायरलेस कनेक्सनमा हुनुहुन्छ भने मात्र यो विधिबाट वाईफाईको गुणस्तर जाँच्न सक्नुहुन्छ ।

त्यसभित्र तपाईं गए पछि त्यहाँ सिग्नल लाईन देख्न सक्नुहुन्छ । त्यहाँ कनेक्सन क्वालिटी प्रतिशतमा देखाइएको हुन्छ ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team