close

एफवान सफ्टको सहकार्यमा सेञ्चुरी बैंकको परिष्कृत मोबाइल बैंकिङ सेवा

टेकपाना टेकपाना

बैशाख २१, २०७७ ११:५८

एफवान सफ्टको सहकार्यमा सेञ्चुरी बैंकको परिष्कृत मोबाइल बैंकिङ सेवा

काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले ‘सेञ्चुरी पे’ नामक परिष्कृत मोबाइल बैंकिङ सेवा सुरु गरेको छ । बैंकले एफवान सफ्ट इन्टरनेशनलसँगको सहयकार्यमा उक्त मोबाइल बैकिङ सेवा सुरु गरेको हो ।

त्यसका लागि बैंकका तर्फबाट चिफ बिजनेस डेभलपमेन्ट अफिसर सुवास बहादुर श्रेष्ठ र एफवान सफ्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै अब बैंकले सेञ्चुरी पे नामक मोबाईल एप्स् मार्फत मोवाइल बैकिंङ सेवा उपलब्ध गराउने उल्लेख गरिएको छ ।

सेञ्चुरी पे मार्फत ग्राहकले ५० भन्दा बढि बैंकका खातामा रकम ट्रान्स्फर, बिजुलीको महशुल, टिभि, इन्टरनेटको बिल भुक्तानी, मोबाईल रिचार्ज, हवाइजहाज, बस तथा सिनेमाको टिकट खरिदका साथै एक लाखभन्दा बढि मर्चेन्टमा क्युआर कोड मार्फत भुक्तानी गर्न सक्नेछन् ।

यसैगरी सेञ्चुरी पे मा आफ्नो मोबाईल मार्फत आफै मोबाईल बैंकिङ एक्टिभ गर्न सकिने छ । साथै फिंगर प्रिन्ट इनेबल गरी सहजै कारोबार गर्न सकिने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३