close

प्रयोगकर्ताको डेटा वैधानिकरुपमै संकलन गरेको साओमीको स्पष्टोक्ती

टेकपाना टेकपाना

बैशाख २१, २०७७ १९:५७

प्रयोगकर्ताको डेटा वैधानिकरुपमै संकलन गरेको साओमीको स्पष्टोक्ती

काठमाडाैं ।  रेड्मी नोट एट स्मार्टफोनले प्रयोगकर्ताहरुको गतिविधिमा निगरानी राखेको भन्दै  फोर्ब्समा प्रकाशित समचारको कम्पनीले खण्डन गरेको छ । फोर्ब्सले तथ्यलाई गलत ढंगले प्रस्तुत गरेको साओमीको आरोप छ ।

साओमीले आफूले सेवा सञ्चालन गरिरहेका देश तथा क्षेत्रका प्रयोगकर्ताको गोपनीयता संरक्षण कानून तथा नियमभित्र रहेर काम गरेको स्पष्ट पारेको छ ।

कम्पनीले सबै डेटाहरु प्रयोगकर्ताको अनुमति लिएर संकलन गरिएको जनाएको छ । साथै उसले डेटा संकलनको सबै प्रक्रिया गोप्य र इन्क्रिप्टेड हुने गरेको समेत उल्लेख गरेको छ । संकलन भएका प्रयोगको तथ्याङ्कीय विवरण आन्तरिक विश्लेषणको लागि मात्र प्रयोग गरिने कम्पनीको भनाई छ । 

साथै साओमीले विश्वभरका सबै कम्पनीहरुले आफ्ना प्रयोगकर्ताको प्रडक्ट सम्बन्धी अनुभव सुधार गर्न गोपनीयता र डेटा सुरक्षालाई ध्यानमा राख्दै यस्तै प्रक्रिया अबलम्बन गर्ने गरिएको जनाएको छ ।

उसले सार्वजनिक क्लाउड पूर्वाधारमा जानकारीहरु होस्ट गरेको बताएको छ । यसअघि फोर्ब्सको समाचारमा कम्पनीले अलिबाबाको क्लाउड पूर्वाधारमा ती जानकारीहरु राख्ने गरेको कुरा उल्लेख थियो ।

कम्पनीले देश बाहिरका प्रयोगकर्ताहरुको जानकारीहरु विभिन्न देशका सर्भरहरुमा स्टोर गर्ने गरेको बताएको छ । ती सर्भरहरुमा रहेको जानकारी सम्बन्धित मुलुककै नियम कानून अनुसार प्रयोग हुने गरेको कम्पनीले बताएको छ ।

साओमीले इन्टरनेट सुरक्षा तथा प्रयोगकर्ताको गोपनीयता आफ्नो मूख्य शिद्धान्त भएको उल्लेख गरेको छ । हालै कम्पनीले सार्वजनिक गरेको आफ्नो अपरेटिङ सिस्टम एमआईयूआई ट्वेल्भमा कडा र पारदर्शी गोपनीयता सुरक्षाका उपायहरु प्रयोग गरेको जनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३