close

कृषक र व्यापारी जोड्ने सरकारको डिजिटल कृषि बजार सञ्चालनमा

टेकपाना टेकपाना

बैशाख २२, २०७७ १०:३८

कृषक र व्यापारी जोड्ने सरकारको डिजिटल कृषि बजार सञ्चालनमा

काठमाडौं । कोरोनाभाइरसका कारण यतिबेला देशभर लकडाउन जारी छ । यस्तो समयमा किसानले उत्पादन गरेका कृषि उपजले बजार नपाएको गुनासो आइरहेको छ ।

बजार नपाउँदा उत्पादित तरकारी लगायतका कृषि उपज खेर गइरहेको अवस्था सिर्जना भएसँगै यसको समधानका लागि सरकाले डिजिटल प्लेटफर्मको निर्माण गरेको हो ।

कृर्षि तथा पशुपंक्षी विकास मन्त्रालयले कृषकलाई लक्षित गर्दै डिजिटल कृषि बजार सञ्चालनमा ल्याएको छ । जसको बेटा भर्सन मन्त्रालयले आइतबार सार्वजनिक गरको हो ।

डिजिटल कृषि बजारमार्फत कृषकले आफ्नो उत्पादन बिक्रीका लागि सिधैं खरीदकर्तासँग सम्पर्क गर्न सक्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यसमार्फत किसानले आफूले उत्पादन गरेका वस्तु, त्यसको मूल्य, परिमाण लगायतको विवरण उक्त बजारमा राख्न सक्नेछन् ।

साथै त्यसमा कृषकले आफ्नो सम्पर्क नम्बर पनि राख्न सकिने सुविधा उपलब्ध गराइएको छ ।त्यस्तै खरीदकर्ताले पनि उक्त बजारमा आफ्नो फोन नम्बर सहित आफूलाई आवश्यक उत्पादन, मूल्य र परिमाण राख्न सक्नेछन् । त्यसैका आरमा कृषक र खरीदकर्ताले सम्पर्क गरी उत्पादनको किनबेच हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३