close

जियोको कोरोनाभाइरस जाँच गर्ने एपमा भेटियो सुरक्षा कमजोरी

टेकपाना टेकपाना

बैशाख २२, २०७७ १६:४

जियोको कोरोनाभाइरस जाँच गर्ने एपमा भेटियो सुरक्षा कमजोरी

काठमाडौं । कोरोनाभाइरस (कोभिड-१९) को महामारी फैलिएसँगै यसबाट संक्रमितहरुको पहिचान गर्ने धेरै एप्स तथा वेबसाइटहरु विकास भएका छन् । यसैबीच भारतको सबैभन्दा ठूलो मोबाइल सेवाप्रदायक कम्पनी जियोले पनि गत मार्चमा कोरोनाभाइरस सेल्फ टेस्ट सिम्पटम चेकर सार्वजनिक गरेको थियो ।

उक्त एपमार्फत प्रयोगकर्ताले आफ्नो फोन वा जियोको वेबसाइटबाट कोभिड-१९ को संक्रमण तथा लक्षणको परीक्षण गर्न सक्छन् । तर, उक्त एपमा भने सुरक्षा कमजोरी फेला परेको छ ।

सेक्युरिटी रिसर्चर अनुराग सेनले उक्त एप्समा सुरक्षा कमजोरी फेला पारेका छन् । एप्सको इन्टरनेटसँग कनेक्ट हुने कोर डेटाबेसमा पासवर्ड नभएको फेला परेको छ ।

कम्पनीलाई यसबारेमा जानकारी गराइएपछि जियोले सिस्टमलाई नै अफलाइन गरेको छ । तर कतिजनाले अझै यसको डेटाबेसमा पहुँच गरिरहेक‍ा छन् भन्ने कुरा स्पष्ट भएको छैन ।

जियोका प्रवक्ता तुसार पानियाका अनुसार कम्पनीले यसमाथि तत्काल एक्सन लिएको छ । उक्त डेटाबेसमा अप्रिल १७ देखि लाखौं लग र रेकर्डहरु छन् ।

वेबसाइट इररको रनिङ लग र अन्य सिस्टम समस्यालाई सर्भरले रोके पनि यसले प्रयोगकर्ताहरुको परीक्षण सम्बन्धी थुप्रै डेटा पनि संकलन गरिसकेको छ । सेल्फ लग भएका यी डेटाहरुमा परीक्षण गर्ने प्रयोगकर्ताको उमेर र लिंगसमेत समावेश भएको बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३