close

नेपाली साहित्यका चर्चित २१ पुस्तक अनलाइनमा निःशूल्क, यसरी पढ्नुहोस्

टेकपाना टेकपाना

बैशाख २२, २०७७ १२:१४

नेपाली साहित्यका चर्चित २१ पुस्तक अनलाइनमा निःशूल्क, यसरी पढ्नुहोस्

काठमाडौं । कोरोना भाइरसका कारण मुलुक लामो समयदेखि लकडाउनमा छ । बजार पसल बन्द हुँदा प्रायः सबैजसो घरमै बस्न बाध्य छन् । यस्तो बेला समय व्यतित गर्न समेत सकस परिरहेको हुनसक्छ । 

रत्न बूकले लकडाउनको समयमा आफ्ना पाठकलाई साहित्य सम्बन्धी चर्चित मध्येका केही पुस्तक अनलाइनमा निःशूल्क पढ्ने सुविधा दिन थालेको छ । डाउनलोड गर प्रिन्ट गर्न नमिल्ने गरी उपलब्ध गराइएका २१ पुस्तक सीमित अवधिसम्म निःशूल्क रुपमा पढ्न सकिनेछ । 

पीडीएफ भर्सनमा उपलब्ध यी पुस्तक डेक्सटप, ल्यापटप, मोबाइल र ट्याब्लेटमा पढ्न सकिनेछ । अझ तपाईंको डिमाइसमा गुगल ड्राइभ एप डाउलोड छ भने थप अप्टिमाइज रुपमा पुस्तकको आनन्द लिन सक्नुहुनेछ ।

अध्ययनका लागि निःशूल्क रुपमा उपलब्ध पुस्तक

१. अचम्म (विश्वराज अधिकारी)

२. अनिता (डायमण्ड समसेर राणा)

३. एनिमल फार्म (जर्ज अर्वेल)

४. बसन्ती (डायमण्ड समसेर राणा)

५. धनको धब्बा (डायमण्ड समसेर राणा)

६. एक अभिनवको आत्मकथा (सरुभक्त)

७. एउटा रात भेटेपछि (अर्जुन निरौला)

८. लिट्रेरी आइकन अफ नेपाल भाग २ (गोपाल पराजुली)

९. लिट्रेरी आइकन अफ नेपाल भाग ३ (गोपाल पराजुली)

१०. प्रतिबन्ध (डायमण्ड समसेर राणा)

११. रमाइला विश्वकथा संग्रह (करुणाकर वैद्य)

१२. सन्त जीवनगाथा (एसपी श्रेष्ठ)

१३. सत्प्रयास (डायमण्ड समसेर जबरा)

१४. सेतो बाघ (डाइमण्ड समसेर जबरा)

१५. गृहप्रवेश (डाइमण्ड समसेर जबरा)

१६. तरुनी खेती (सरुभक्त)

१७. द ग्रेट अर्थक्वेक ईन नेपाल (ब्रम्ह समसेर)

१८. द स्टोरी अफ द यती एण्ड अदर टेल्स (करुणाकर वैद्य)

१९. आञ्चलिक लोक कथा भाग १ (करुणाकर वैद्य)

२०. आञ्चलिक लोक कथा भाग २ (करुणाकर वैद्य)

२१. नेपाली दन्त्य कथा संग्रह (करुणाकर वैद्य)

आफूलाई रुची भएको पुस्तकको शिर्षकमा क्लिक गरी अध्ययन गर्न सक्नुहुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३