close

वर्ल्डलिंकको नेट टीभीमै विद्यार्थीका लागि निःशूल्क अध्ययन सामग्री, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

बैशाख २२, २०७७ १५:१

वर्ल्डलिंकको नेट टीभीमै विद्यार्थीका लागि निःशूल्क अध्ययन सामग्री, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले कक्षा ५ देखि १० सम्मका विद्यार्थीका लागि अनलाइन ट्युटोरियल उपलब्ध गराउन थालेका छ । डियरवाक लर्निङ सेन्टरको सहकार्यमा कम्पनीले नेट टीभीमार्फत उक्त सेवा उपलब्ध गराउन थालेको हो ।

वर्ल्डलिंकका नेट टीभी प्रयोगकर्ताले टीभीबाटै कक्षा ५ देखि १० सम्मका विद्यार्थीले आवश्यक भिडियो अध्ययन सामग्री निःशूल्क रुपमा प्रयोग गर्न सक्नेछन् । यो सेवाका लागि प्रयोगकर्ताले टीभी खोल्दा स्क्रिनमा देखिने ‘टीभी शो’ मा क्लिक गर्नुपर्नेछ ।

टीभी शोमा क्लिक गरेसँगै त्यहाँ ‘एजुकेशन’ भन्ने सेक्सनमा क्लिक गरी ‘डियरवाक लर्निङ सेन्टर’ छनोट गर्नुपर्ने हुन्छ । त्यसभित्र तपाईंले कति कक्षाको भिडियो कन्टेन्ट खोज्नु भएको हो त्यस अनुसार सम्बन्धित कक्षा छनोट गर्न सक्नुहुनेछ ।

कक्षा छनोट गरी कुन विषय अध्ययन गर्ने भन्ने कुरा खुलाएर तपाईंले भिडियो हेर्दै आफ्नो अध्ययनलाई निरन्तरता दिन सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३