close

अनलाइन पढाउने नाममा कुनै पनि शूल्क नलिन सरकारको निर्देशन

टेकपाना टेकपाना

बैशाख २२, २०७७ २०:६

अनलाइन पढाउने नाममा कुनै पनि शूल्क नलिन सरकारको निर्देशन

काठमाडौं । अनलाइनमार्फत पढाउने नाममा विद्यार्थी तथा अभिभावकबाट कुनै किसिमको शूल्क नलिन सरकारले निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै नयाँ शत्रमा भर्ना लिन तथा अनलाइन पठनपाठनका नाममा शूल्क लिने कार्यमा रोक लगाएको हो ।

कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण रोकथामका लागि सरकारले विगत डेढ महिनादेखि मुलुक लकडाउन गरेको छ । लामो समयदेखि देशभरका विद्यालयहरु समेत बन्द अवस्थामा छन् ।

यस्तो अवस्थामा परीक्षा तथा विद्यार्थी भर्नाको विषयलाई लिएर उठेका विभिन्न विषयहरुमा मन्त्रीस्तरीय निर्णयका आधारमा मन्त्रालयले स्पष्ट निर्देशन जारी गरेको हो ।

मन्त्रालयले सरकारबाट अर्को निर्णय नभएसम्म कुनै पनि विद्यालयले कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना लिन नपाउने र भर्नाको नाममा कुनै किसिमको शूल्क लिने, अनलाइन पठन पाठनको नाममा शूल्क लिने तथा बैंक खातामा रकम जम्मा गर्न लगाउने जस्ता कार्य नगर्न भनेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३