close

एप्पल म्याकबूक प्रो सार्वजनिक, किबोर्डमा नयाँ युगकाे सुरुवात

टेकपाना टेकपाना

बैशाख २३, २०७७ १०:३६

एप्पल म्याकबूक प्रो सार्वजनिक, किबोर्डमा नयाँ युगकाे सुरुवात

काठमाडौं । एप्पलले तोकिएको समय अगावै १३ इन्चको म्याकबूक प्रो सार्वजनिक गरेको छ । जसमा पहिलो पटक म्याजिक किबोर्ड प्रयोग गरिएको छ ।

विकल्पमा इन्टेलको दशौं पुस्ताको प्रोसेस समेत उपलब्ध गराइएको छ । जसको बजार मूल्य १२ सय ९९ डलरबाट सुरुहुने उल्लेख छ ।

यो हालसम्म उपलब्ध १३ इन्चका म्याकबूकमा भएको फिचरको तुलनामा धेरे नै परिस्कृत भएर आएको छ । त्यतिमात्रै नभएर यसले कुनै एक युगको अन्त्यलाई समेत प्रतिनिधित्व गर्नेछ ।

किनभने अबका दिनमा आउने एप्पलका ल्यापटप तथा म्याकबुकमा यसअघि जस्तो बटरफ्लाई किबोर्ड हुनेछैन । विगत पाँच वर्षदेखि एप्पलले प्रयोग गर्दै आएको बटरफ्लाई किबोर्ड अब प्रयोग हुने छैन ।

एप्पलका अनुसार इन्ट्री लेवलको म्याकबूक प्रोमा ८ जीबी र्‍याम र २५६ जीबीको रोम रहेको छ । जसमा र्‍यामलाई बढाएर १८ जीबी र रोमलाई ५०० जीबीसम्म विस्तार गर्न सकिने छ ।

तर, यो लेवलको म्याकबूकमा इन्टेलको प्रोसेसर विकल्पको रुपमा भने उपलब्ध हुने छैन । तर, प्रिमियम म्याकबूक प्रोमा भने ३२ जीबी र्‍याम र ४ टीबीसम्म रोम बढाउन सकिने छ । कम्पनीका अनुसार सिक्स के रेजोलुसन रहेको म्याकबूकमा टच आईडी फिंगरप्रिन्ट सेन्सर रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३