close

लकडाउनपछि भारतमा बन्द भएका अमेजन, फ्लिपकार्ट, उबर र ओलाको सेवा पुनः सञ्चालनमा

टेकपाना टेकपाना

बैशाख २३, २०७७ १२:३५

लकडाउनपछि भारतमा बन्द भएका अमेजन, फ्लिपकार्ट, उबर र ओलाको सेवा पुनः सञ्चालनमा

काठमाडौं । लकडाउनका कारण भारतमा बन्द भएका विभिन्न कम्पनीले आफ्नो सेवा पुनः सञ्चालनमा ल्याउन थालेका छन् । यसैबीच ई–कमर्स कम्पनी अमेजन, वालमार्ट फ्लिपकार्ट, राइड सेयरीङ कम्पनी ओला र उबरले आंशिक रुपमा आफ्नो सेवा सुरु गरेका हुन् ।

गएको हप्ता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिक गतिविधीलाई केही रुपमा भएपनि सहज गर्ने निर्णय गरेसँगै लकडाउनसँगै बन्द भएक‍ा कम्पनीहरुले आफ्नो सेवा सुरु गरेका हुन् ।

ती कम्पनीहरुले सरकारले तोकेको हरियो र सुन्तला रंगमा छुट्याइएका क्षेत्रमा सेवा दिने बताएका छन् । यसको अर्थ भारतको ८२ प्रतिशत स्थानमा कम्पनीहरुले सेवा दिनेछन् । भारतमा १३० जिल्ला रेड एरियाको रुपमा तोकिएको छ ।

अमेजन, फ्लिपकार्ट, स्न्यापडिल र पेटीएम मलले आफ्नो सेवा सुरु गरी अत्यावश्यक सामग्री अर्डर लिन सुरु गरिसकेका सकेका छन् । उबर र ओलाले राइडिङले पनि ग्रीन र अरेन्ज जोनमा सेवा सुरुगर्ने तयारी गरिसकेको उल्लेख गरिएको छ ।

सेवा सुरु गरे पनि कम्पनीहरुले आवश्यक सुरक्षा उपायका साथ सेवा दिने जनाएका छन् । उनीहरुले सामान पुर्‍याउने र राइडरलाई आवश्यक सुरक्षा सामग्री समेत उपलब्ध गराउने उल्लेख गरेका छन् ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३