close

अनलाइन बैठकका लागि अब सबै स्थानीय तहमा लाइसेन्सयुक्त जूम सफ्टवेयर

टेकपाना टेकपाना

बैशाख २३, २०७७ १९:४

अनलाइन बैठकका लागि अब सबै स्थानीय तहमा लाइसेन्सयुक्त जूम सफ्टवेयर

काठमाडौं । सरकारले सबै स्थानीय तहहरुलाई भिडियो कन्फ्रेन्सिङका लागि उपयोगी जूम एप उपलब्ध गराउने भएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम-यूएनडीपीको सहयोगमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जूमको लाइसेन्सयुक्त सफ्टवेयर उपलब्ध गराउने भएको हो ।

मन्त्रालयले मंगलबार सबै ७५३ वटै स्थानीय तहहरुलाई जूम लाइसेन्सका लागि आधिकारिक व्यक्तिको आवश्यक विवरण उपलब्ध गराउन भन्दै पत्राचार गरेको छ । विश्वयापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९) महामारीको हालको आपतकालीन स्थितिमा अनलाइन बैठक गर्न जूम एप महत्वपूर्ण समाधानकाे रुपमा उदाएको छ ।

यूएनडीपीले सबै मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहहरुका लागि एक/एक वटा लाइसेन्स सामान्य प्रशासन मन्त्रालयलाई उपलब्ध गराएको छ । स्थानीय तह तथा प्रदेश सरकारले यहाँ क्लिक गरी लाइसेन्सयुक्त जूम सफ्टवेयरका लागि विवरण पठाउन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१