close

लकडाउनमै भायनेटको नयाँ इन्टरनेट कनेक्सन

टेकपाना टेकपाना

बैशाख २४, २०७७ १४:३६

लकडाउनमै भायनेटको नयाँ इन्टरनेट कनेक्सन

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी भायनेटले लकडाउनकै अवधिमा नयाँ इन्टरनेट जडान गर्न थालेको छ । चैत ११ मा लकडाउनभएसँगै बन्द नयाँ इन्स्टलेसनको कार्य कम्पनीले पुनः सुचारु गरेको हो ।

भायनेटले विभिन्न तीन ओटा प्याकेज उपलब्ध गराउँदै आएको छ । जसमा वार्षिक नेट टीभी सहित ३० एमबीपीएसका लागि १३ हजार पाँच सय रुपैयाँ, ४० एमबीपीएसका लागि १५ हजार तीन सय रुपैयाँ र ६० एमबीपीएसका लागि १९ हजार १४० रुपैयाँका प्याकेजहरु रहेका छन् ।

इन्टरनेटमा नेट टीभीसँगै कम्पनीले अल्ट्राबूस्ट, २४ सै घण्टा सेवाको सुनिश्चितता र सुरक्षित कनेक्सन फिचर समेत समावेश गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१