close

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा फिल्म छाया‌ंकन गर्ने तयारिमा नासा

टेकपाना टेकपाना

बैशाख २४, २०७७ १६:४

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा फिल्म छाया‌ंकन गर्ने तयारिमा नासा

काठमाडौं । अमेरिकी संघीय सरकारको नेशनल एरोनस्टिक्स एण्ड स्पेस एड्मिनिस्ट्रेसन-नासा र हलिउड अभिनेता टम क्रुज एउटा चलचित्रमा एकसाथ काम गर्ने भएका छन् । टम क्रुजको उक्त चलचित्र इन्टरनेशनल स्पेस स्टेसन आईएसएसमा छायांकन हुनेछ ।

यसको विषमया नासाका अधिकारी जिम ब्रिडेन्सटाइनले जानकारी दिएका हुन् । यस फिल्ममा अन्तरीक्षसम्मको यात्राका लागि एलोन मस्कको स्पेसएक्स लञ्चर पनि साझेदार बन्ने छ ।

नासामा यसअघिदेखि आईएसएसलाई कमर्शियल भेञ्चरका लागि कसरी खोल्न सकिन्छ भन्ने विषयमा चर्चा परिचर्चा चल्दै आएको थियो । नासाले यसै योजना अनुरुप आईएसएसलाई फिल्म लोकेसनको रुपमा हलिउडलाई अफर गर्न लागेको हो ।

स्पेसएक्सको ड्रागन क्याप्सुल कार्गोले टम क्रुजलाई अन्तरिक्षमा लाने बताइएको छ । यसै महिनाको अन्त्यतिर उक्त कार्गोको क्षमता मापनका लागि अन्तिम डेमोन्सट्रेसन मिसन सम्पन्न गरिनेछ ।

नासा र स्पेस एक्सले चलचित्रका क्रु मेम्बरहरुलाई अटाउने ठाउँ उपलब्ध गराउन आवश्यक तयारी गर्दैछ । उक्त स्पेस कार्गोले सातजना यात्रुहरु बोक्नसक्छ ।

यो योजना कहिले कार्यान्वयनमा आउँछ भन्ने कुरा हालसम्म स्पष्ट भइसकेको छैन । यद्यपी स्पेस एक्सले यसअघि नै ड्रागन क्रुमा प्राइभेट टुरिस्ट फ्लाइटको सुविधा सुरु गर्ने घोषणा गरेको थियो । यो योजना आउँदो वर्ष वा २०२२ देखि सरु हुने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१