close

नेपालमा सूचना तथा सञ्चार क्षेत्रको बजार २ खर्बको, वार्षिक नाफामात्रै ४५ अर्ब

टेकपाना टेकपाना

बैशाख २५, २०७७ ११:३०

नेपालमा सूचना तथा सञ्चार क्षेत्रको बजार २ खर्बको, वार्षिक नाफामात्रै ४५ अर्ब

काठमाडौं । नेपालको सूचना तथा सञ्चार क्षेत्रको वार्षिक बजार करिब दुई खर्ब रुपैयाँको रहेको पाइएको छ । सरकारले हालै सार्वजनिक गरेको आर्थिक गणना २०७४ को अन्तिम तथ्यांकअनुसार वर्षभर सूचना तथा सञ्चार क्षेत्रको व्यापार एक खर्ब ९४ अर्ब ४ करोड रुपैयाँको देखिएको हो । 

यस क्षेत्रबाट बार्षिक एक खर्ब ४८ अर्ब ६३ करोड रुपैयाँ खर्च हुने तथ्यांकले देखाएको छ । बार्षिक नाफा भने ४५ अर्ब ४० करोड रुपैयाँ रहेको छ । 

मूल्य(रु.दश लाखमा)
बार्षिक व्यापार १९४०४४
बार्षिक खर्च १४८६३८
नाफा/घाटा ४५४०६

आर्थिक गणनाको क्रममा यस क्षेत्रका दुई हजार २ सय ८५ वटा संस्था समेटिएका थिए । हरेक संस्थाको औषत व्यापार वार्षिक ८ करोड ४९ लाख रुपैयाँ हुने गरेको पाइएको छ । त्यस्तै प्रति संस्थाले ६ करोड ५० लाख रुपैयाँ वार्षिक रुपमा खर्च गर्ने तथ्यांकले देखाउँछ । यस हिसाबले प्रति संस्थाको नाफा वार्षिक एक करोड ९८ लाख हुने पाइएको छ ।  

प्रति एकाई विवरण

कुल संस्था संख्या २२८५
प्रति एकाई व्यापार ८४९२१ (मूल्य रु. हजारमा)
प्रति एकाई खर्च ६५०४९ (मूल्य रु. हजारमा)
प्रति एकाई नाफा/घाटा १९८७१ (मूल्य रु. हजारमा)

मासिक रुपमा हेर्दा यो क्षेत्रको  व्यापार १६ अर्ब १७ करोड रुपैयाँ हुने गरेको देखिन्छ । खर्च भने १२ अर्ब ३८ करोड रुपैयाँ हुने आर्थिक गणनाले देखाएको छ । मासिक नाफामात्रै तीन अर्ब ७८ करोड रुपैयाँ हुने पाइएको छ ।  

मासिक बिक्री, खर्च, नाफा/घाटा

मासिक बिक्री १६१७० (मूल्य रु.दश लाखमा)
मासिक खर्च १२३८६ (मूल्य रु.दश लाखमा)
मासिक नाफा/घाटा ३७८४ (मूल्य रु.दश लाखमा)

गणनाले समेटेका दुई हजार २ सय २५ संस्थामध्ये एक हजार ९ सय ९० संस्था दर्ता भएर सञ्चालनमा छन् । दर्ता संस्थाको बार्षिक बजार एक खर्ब ९२ अर्ब रुपैयाँको छ । त्यस्तै बार्षिक खर्च एक खर्ब ४७ अर्ब र नाफा ४५ अर्ब २२ करोड रुपैयाँ छ ।

मासिक हिसाब गर्दा दर्ता भएका यस क्षेत्रका कम्पनीको व्यापार १६ अर्ब रुपैयाँको छ । खर्च मात्रै १२ अर्ब ३० करोड रुपैयाँ छ । यस हिसाबले मासिक नाफा तीन अर्ब ७६ करोड रुपैयाँ हुने देखिएको छ ।  

मासिक बिक्रि, खर्च, नाफा/घाटा

मासिक बिक्रि १६०७३ (मूल्य रु. दश लाखमा)
मासिक खर्च १२३०५ (मूल्य रु. दश लाखमा)
मासिक नाफा/घाटा ३७६८ (मूल्य रु. दश लाखमा)

प्रति एकाई विवरण

कुल संस्था संख्या १९९०
प्रति एकाई बिक्री ९६९२४ (मूल्य रु. हजारमा) 
प्रति एकाई खर्च ७४२०० (मूल्य रु. हजारमा)
प्रति एकाई नाफा/घाटा २२७२५ (मूल्य रु. हजारमा)

आर्थिक गणनाले सूचना तथा सञ्चार क्षेत्र अन्तर्गत दूरसञ्चार र सूचना प्रविधिसँग सम्बन्धित गतिविधि, सफ्टवेयर निर्माण, चलचित्र, प्रसारण र प्रकाशन संस्था र सूचना सेवासँग सम्बन्धित गतिविधिमा संलग्न संस्थालाई समेटेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१