२०७९, २७ श्रावण शुक्रबार   |  
Friday 12th August 2022

नेपालको आईसीटी क्षेत्रमा ३३ हजार संलग्न, प्रतिव्यक्ति नाफा १३ लाख

काठमाडौं । नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा ३३ हजार २ सय ७६ जना संलग्न रहेको पाइएको छ । आर्थिक गणना २०७४ अनुसार यस क्षेत्रसँग सम्बन्धित विभिन्न कम्पनी तथा संस्थामा उक्त संख्या बराबर व्यक्ति संलग्न रहेको देखिएको हो । 

संलग्न व्यक्ति र समग्र व्यापार हेर्दा प्रतिव्यक्ति व्यापार ५८ लाख ३१ हजार रुपैयाँ, खर्च ४४ लाख ६७ हजार रुपैयाँ र  नाफा १३ लाख ६५ हजार रुपैयाँ पाइएको छ । 

कुल संलग्न संख्या ३३२७६ 
प्रतिव्यक्ति बिक्री ५८३१  (मूल्य रु. हजारमा)
प्रतिव्यक्ति खर्च ४४६७ (मूल्य रु. हजारमा)
प्रतिव्यक्ति नाफा/घाटा १३६५ (मूल्य रु. हजारमा)

त्यस्तै दर्ता भएका कम्पनी तथा संस्थामा संलग्न व्यक्तिको संख्या ३२ हजार ६ सय १० जना रहेको देखिन्छ । यस्ता संस्थामा प्रतिव्यक्ति नाफा १३ लाख ८७ हजार रहेको पनि आर्थिक गणनाले देखाएको छ । 

संलग्न व्यक्ति संख्या

कुल संलग्न संख्या ३२६१० 
प्रतिव्यक्ति बिक्री ५९१५ (मूल्य रु. हजारमा)
प्रतिव्यक्ति खर्च ४५२८ (मूल्य रु. हजारमा)
प्रतिव्यक्ति नाफा/घाटा १३८७ (मूल्य रु. हजारमा)

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team