आईसीटी व्यवसायमा ललितपुर सबैभन्दा अगाडि, वार्षिक व्यापारमात्रै १ खर्ब ९ अर्ब

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि–आईसीटीको क्षेत्रमा बार्षिक व्यापारको हिसाबले ललितपुर सबैभन्दा अगाडि देखिएको छ । आर्थिक गणना २०७४ अनुसार ललितपुरबाट मात्रै वार्षिक एक खर्ब ९ अर्ब रुपैयाँको व्यापार हुने देखिएको हो ।
ललितपुरपछि व्यापारको हिसाबले काठमाडौं दोस्रो स्थानमा छ । आईसीटीमा काठमाडौंको वार्षिक व्यापार ६४ अर्ब ८९ करोड रुपैयाँको छ । नेपालको कुल सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा व्यापारको अधिकांश हिस्सा ललितपुर र काठमाडौंमा मात्र सिमित रहेको देखिएको छ ।
काठमाडौंपछि क्रमशः भक्तपुरमा वार्षिक चार अर्ब २१ करोड, सुनसरीमा दुई अर्ब ९४ करोड र दाङमा २ अर्ब १९ करोड रुपैयाँको व्यापार हुने गरेको आर्थिक गणनाले देखाएको छ ।
जिल्लागत रुपमा सबैभन्दा धेरै व्यापार
जिल्ला | बार्षिक बिक्री (मूल्य रु. दश लाखमा) |
ललितपुर | १०९४९६ |
काठमाडौ | ६४८९९ |
भक्तपुर | ४२११ |
सुनसरी | २०९४ |
दाङ | २०१९ |
प्रदेशगत वार्षिक व्यापार
प्रदेश | वार्षिक बिक्री (मूल्य रु. दश लाखमा) |
प्रदेश १ | ४८०६ |
प्रदेश २ | ८१५ |
बाग्मती | १८०१५३ |
गण्डकी | १७३२ |
प्रदेश ५ | ४६९४ |
कर्णाली | १०६२ |
सुदूरपश्चिम | ७८२ |