close

मोबिलिटी डेटा कम्पनी मूभिटको स्वामित्व खरिद गर्दै इन्टेल

टेकपाना टेकपाना

बैशाख २५, २०७७ १८:२७

मोबिलिटी डेटा कम्पनी मूभिटको स्वामित्व खरिद गर्दै इन्टेल

काठमाडौं । चीप निर्माता कम्पनी इन्टेलले इजरायली स्टार्टअप कम्पनी मूभिटको स्वामित्व खरिद गरेको छ । कम्पनीको यसअघि मूभिटमा सीमित शेयर स्वामित्व रहेको थियो । 

मूभिट स्टार्टअपले शहरी ट्राफिक ढाचाँलाई विश्लेषण गर्नुका साथै पब्लिक ट्रान्जिटमा केन्द्रीत रहेर यातायातको सुझाव दिने गर्दछ । मूभिटको डिल रकम ९० करोड डलरको हो । तर इन्टेलले मूभिटमा रहेको आफ्नो शेयर बढिरहेको हवाला दिँदै ८४ करोड डलरमा यो डिल सम्पन्न गरेको छ । 

मूभिटले ट्राफिक डेटा इन्टेल, उबर जस्ता थर्ड पार्टीलाई बेच्ने गरेको छ । उसले ७५ सय ट्रान्जिट अथोरिटीहरुलाई समेत यस्तो डेटा उपलब्ध गराउँदै आएको छ । यसको लोकप्रिय मूभिट एप पनि छ, जसका विश्वभर ८० करोड प्रयोगकर्ता छन् । 

मूभिटको स्वामित्व खरिद गरेपछि पनि इन्टेलले आफ्नो पुरानो सेवालाई निरन्तरता दिने बताएको छ । तर अब कम्पनीले मूभिटको प्रविधिलाई प्रयोग गरेर आफ्नो सेवा अटोमोटिभ क्षेत्रमा पनि विस्तार गर्ने बताएको छ । उसले यो काम मोबाइल आईको माध्यमबाट गर्दै आएको छ । 

मोबाइल आई इन्टेल कर्पोरेसनको इजरायली सब्सीडरी कम्पनी हो, जसले भिजन आधारित सेल्फ ड्राइभिङ कार र एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम विकास गरेको छ । मोबाइल आई एउटा कार कम्पनी हो, जसबाट २०१७ मा इन्टेलले १५ अर्ब ३० करोड डलर जुटाएको थियो ।

इन्टेलका अनुसार कम्पनीले मूभिट  प्रविधि प्रयोग गरेर मोबाइल आईको आवागमन सेवालाई विस्तार गर्नेछ । आजको दिनसम्म आइपुग्दा मोबाइलआईको ड्राइभर असिस्टेन्ट प्रविधि करिब ६ करोड सवारी साधनमा प्रयोग गरिएको छ ।

यसअलावा कम्पनीको रोबोट्याक्सी जस्ता सेवाहरु पनि अहिले सुरुवाती चरणमा छन् । जसको भविष्य एकदमै राम्रो छ । रोबोट्याक्सीले २०३० सम्म पुग्दा १ खर्ब ६० अर्ब अमेरिकी डलरको बजार बनाउन सक्ने इन्टेलको विश्वास छ ।

मोबाइल आईको एडीएएस प्रविधिले यसअघिदेखि नै सडकमा रहेका कराेडाैं कारहरुको सुरक्षा फिचरलाई सुधार गर्दै आइरहेको छ । अब मोभिटले यातायातमा क्रान्ति ल्याउने इन्टेलको उद्देश्यलाई थप गति दिने छ । अहिले उसले पूर्ण क्षमताको मोबिलिटी प्रोभाइडरको रुपमा काम गरिरहेको छ । 

माेभिटको स्वामित्व खरिद गर्नु अघिदेखि नै मोबाइल आई र मोभिटले सहकार्य गरिरहेका थिए । इन्टेल मोभिटमा रणनीतिक लगानीकर्ताको भूमिकामा थियो । इन्टेलका वरिष्ठ उपाध्यक्ष तथा मोबाइल आईका सीइओ तथा सीटीओ डा. अम्नन सासूहा मूभिटको बोर्ड अफ डारेक्टरमा पर्यवेक्षकको रुपमा रहँदै आएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१