close

माइक्रोसफ्टका कर्मचारीलाई अक्टोबरसम्म घरबाटै काम गर्ने सुविधा

टेकपाना टेकपाना

बैशाख २६, २०७७ ९:४

माइक्रोसफ्टका कर्मचारीलाई अक्टोबरसम्म घरबाटै काम गर्ने सुविधा

एजेन्सी । माइक्रोसफ्टले आफ्ना कर्मचारीलाई आगामी अक्टोबरसम्म घरबाटै काम गर्ने सुविधा दिएको छ । कोरोनाका कारण माइक्रोसफ्टका कर्मचारी विगत डेढ महिना देखि घरबाटै काम गरिरहेका छन् ।

कम्पनीका प्रवक्ताका अनुसार कम्पनीले कर्मचारीलाई घरबाटै अथावा कार्यलयमै उपस्थिती भएर कामगर्ने भन्ने विषयमा छनोट गर्ने विकल्प दिएको छ । यदि उनीहरुले चाहेको खण्डमा आगामी अक्टोरबसम्म घरबाटै कामगर्न सक्नेछन् ।

माइक्रोसफ्ट प्रविधिको क्षेत्रमा सबैभन्दा बढी कर्मचारी भएको संस्था हो । जसमा विश्वभर हाल एक लाख ४४ हजार कर्मचारी कार्यरत छन् । जसमध्य ८५ हजारभन्दा बढी अमेरिकामै छन् । त्यसैले पनि कम्पनीले यो निर्णय लिएको हो ।

यसअघि प्रविधिकै अर्को ठुलो कम्पनी अमेजनले पनि आफ्ना कर्मचरीलाई यसरी नै अक्टोबरसम्म घरबाटै कामगर्ने सुविधा उपलब्ध गराइसकेको छ । अमेजनले गरेको उक्त निर्णयलाई नै माइक्रोसफ्टले फलो गरिएको उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१