२०७९, २४ श्रावण मंगलबार   |  
Tuesday 9th August 2022

यस्तो छ, चर्चित आईओएस एप्स ‘क्य्राश’ हुनुको कारण

app store

काठमाडौं । स्पोटीफाई, ग्रुपमी, पिन इन्ट्रेस्ट र टिकटक जस्ता लोकप्रिय एपहरु बुधबार साँझ युजर आईओएसमा क्य्राश भएका रिपोर्टहरु आएका छन् ।  गिट हबका अनुसार यसपछाडिको कारण फेसबुकको एसडीके अर्थात् सफ्टवेयर डेभलपमेन्ट किट रहेको छ ।

डाउनडिटेक्टरले प्यासिफिक टाइम अनुसार साँझको साढे तीन बजेदेखि साढे पाँच बजेसम्म युजर क्र्यासका दशाैं हजार रिपोर्टहरु प्राप्त गरेको थियो । त्यसबीच अन्य धेरै लोकप्रिय एप्समा पनि सोही प्रकृतिका रिपोर्टहरु आएका थिए । पछि त्यस्ता घटनाहरुका रिपोर्टहरु कम हुँदै गएको बताइएको छ ।

प्रयोगकर्ताहरुले आफ्ना एप्सहरु लञ्च हुनेबित्तिकै बन्द भएको रिपोर्ट गरेका थिए । धेरै लोकप्रिय एपहरु लञ्च हुँदै गर्दा फेसबुकको सर्भरसँग तत्काल कनेक्ट हुन्छन् ।

टेक कम्पनीका डेभलपरहरु कम्पनीको लग ईन पोर्टलका लागि फेसबुकको एसडीकेमा विज्ञापनका लागि निर्भर हुन्छन् । यसअघि आएको रिपोर्टले यस्ता घटनाबाट प्रभावित प्रयोगकर्ताहरुलाई फेसबुक लग ईन प्रयोग गर्न नहुने संकेत गरेको थियो । 

एजेन्सीको सहयोगमा ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team