close

सबै कम्पनी भविष्यमा एआई कम्पनी बन्नेछन् : आईबीएम सीईओ

टेकपाना टेकपाना

बैशाख २६, २०७७ १६:२

सबै कम्पनी भविष्यमा एआई कम्पनी बन्नेछन् : आईबीएम सीईओ

काठमाडौं। आईबीएमका सीईओ अरविन्द कृष्णाले कोभिड–१९ का कारण तिब्र गतिमा डिजिटल रुपान्तरण भइरहेको बताएका छन् । सबै कम्पनीहरु आर्टिफिसियल इन्टेलिजेन्स-एआई (कृतिम वौद्धिकता) मा आधारित हुने उनले बताए ।

आईबीएमको थिंक डिजिटल २०२० कन्फ्रेन्सको उद्घाटनमा बोल्दै सीईओ कृष्णाले त्यस्तो बताएका हुन् । आईबीएमको भर्चुअल कन्फ्रेन्समा क्वान्टम कम्प्युटिङ, साइबर सेक्युरिटी, क्लाउड कम्प्युटिङ, रिमोट वर्क र एआईका विषयका सेसनहरु सञ्चालन गरिएको थियो ।

कृष्णाले आईटी पूर्वाधारहरुलाई व्यवस्थापन गर्ने आईबीएमका एआई टूलहरु बारेमा समेत व्याख्या गरेका छन् । साथै उनले रेड ह्याट सहितको हाइब्रिड क्लाउड र एज कम्प्युटिङ प्रडक्टबाट कम्पनीलाई कसरी विकास गर्ने भन्ने कुराको पनि उल्लेख गरेका छन् ।

उनले ओपन सोर्सलाई आधार बनाएर प्रविधिको क्षेत्रमा नेतृत्व गर्न आईबीएमले तयारी गरिरहेको बताए । उनले भने, ‘हामीसँग उद्यमशीलताको संस्कार छ, हामीसँग काम गर्न सजिलो छ ।’

कृष्णाले आईबीएमले हाइब्रिड क्लाउड, एआई र उद्योग अनुरुपको प्रविधि प्रयोगबाट डिजिटल यात्रालाई सहयोग पुर्‍याउने बताए । साथै उनले उद्योग र अवसरलाई बुझेर आफ्ना ग्राहकलाई प्रविधि डेलिभर गर्ने बताए ।

आईबीएमसँग साझेदारी गर्न चाहने हरकोहीको मूख्य कारण एआई भएको उनको तर्क छ । ‘सबै कम्पनी एआई कम्पनी बन्दैछन् । उनीहरु बन्न सक्छन् भनेर होइन उनीहरुले बन्नै पर्छ भनेर बन्दैछन् । अबको समयमा एआईमात्र एउटा यस्तो बाटो हो, जसबाट विज्ञता हासिल गर्न सकिन्छ ।’

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१