close

धेरै प्याटेन्ट दर्ता गराउनेमा ओप्पो पाँचौ स्थानमा

टेकपाना टेकपाना

बैशाख २८, २०७७ ९:१०

धेरै प्याटेन्ट दर्ता गराउनेमा ओप्पो पाँचौ स्थानमा

काठमान्डाै‌ । विश्व इन्टेलेक्चुअल प्रोपर्टी अर्गनाइजेसन (वाइपो) ले प्याटेन्टको अपरेसन ट्रिटी (पीसीटी) को सन् २०१९ को सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा मोबाइल उत्पादक कम्पनी ओप्पो पाँचौं स्थानमा पर्न सफल भएको छ ।

कम्पनीले सन् २०१९ मा मात्रै १९२७ पीसीटी फाइल दर्ता गराएको छ । उक्त सूचीमा ४४११ वटा पीसीटी फाइल दर्ता गराउँदै ह्वावे पहिलाे स्थामा रहेकाे छ । त्यस्तै मित्सुबिसु, सामसङ इलेक्ट्राेनिक्स, क्वालकम र ओप्पो क्रमस: दाेस्राे, तेस्राे, चाैथाै‌ं र पाँचाैं स्थानमा रहेका छन् । उनीहरुले क्रमश: २६६१, २३३४, २१२७ र १९२७ पीसीटी फाइल दर्ता गराएका छन् ।

१५० कन्ट्रयाक्टिंग स्टेट्स सहितको अन्तर्राष्ट्रिय ट्रिटी, पीसीटी मातहत एउटा अन्तर्राष्ट्रिय प्याटेन्ट निवेदन दर्ता गराए बापत निवेदकले विभिन्न देशहरुमा आफ्ना आविष्कारको सुरक्षा गर्नसक्छन् ।यसअघि ओप्पो उक्त सूचीको १७ औं स्थानमा रहेको थियो ।

कम्पनीका अनुसार सन् २०२० को मार्च महिनासम्ममा ओप्पोले ४३ हजार प्याटेन्ट एप्लिकेसन्स दर्ता गराइसकेको छ भने , १६ हजार निवेदन प्रमाणीत भइसकेका छन् । समग्र निवेदन मध्ये झण्डै ८८ प्रतिशत आविष्कार सम्बन्धी रहेका छन् । ओपोले तीन हजार भन्दा बढी फाइभजी प्याटेन्ट निवेदन दर्ता गराइसकेको छ ।

यस्तै, एक हजार ९ सय एआई प्याटेन्ट निवेदन समेत उसले दर्ता गराएको छ । त्यसैगरी कम्पनीले ६ हजार एक सय ईमेज प्याटेन्ट दर्ता गराइसकेको छ । जसमध्ये दुई हजारले आधिकारिकता प्राप्त गरिसकेका छन् । कम्पनीले फास्ट चार्जिंग क्षेत्र अन्तर्गत पनि दुई हजार सात सय भन्दा बढी निवेदन दर्ता गराइसकेको छ । जसमा एक हजार एक सय प्रमाणीत भइसकेको उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१