close

वर्क फ्रम होम २०२० को अन्त्यसम्म जारी राख्ने फेसबुक र गूगलको घोषणा

टेकपाना टेकपाना

बैशाख २७, २०७७ ११:५५

वर्क फ्रम होम २०२० को अन्त्यसम्म जारी राख्ने फेसबुक र गूगलको घोषणा

काठमाडौं । प्रविधिका हस्ती कम्पनी फेसबुक र गूगलले वर्क फ्रम होम प्रति लचिलो बन्दै चाँडै आफ्ना कार्यालयहरु खोल्ने बताएका छन् ।   २०२० को अन्त्यसम्म फेसबुकले आफ्ना अधिकांश कर्मचारीहरुलाई वर्क फ्रम होमका लागि अनुमति दिने सीईओ मार्क जुकरवर्गले घोषणा गरेका छन् । यद्यपी कम्पनीले जुलाई ६ देखि कम्पनीका अधिकांश कार्यालयहरु खुल्ला गर्ने छ । 

जुन १ सम्मका लागि भन्दै वर्क फ्रम होम नीति अपनाएको गूगल यसलाई थप सात महिना लम्ब्याउँदै छ ।  कम्पनीका सीईओ सुन्दर पिचाईले जुन कर्मचारीलाई अफिस फर्किन आवश्यक छ, उनीहरु उच्च सुरक्षा सावधानिका साथ जुलाईदेखि सुरु गर्न सक्ने बताएका छन् । ‘तर घरबाटै काम गर्न सक्ने अधिकांश कर्मचारी भने वर्षको अन्त्यसम्म वर्क फ्रम होम गर्न सक्छन्,’ पिचाईले अगाडि भनेका छन् ।

फेसबुकले कुन कर्मचारीहरुलाई कार्यालयमा बोलाउने भन्ने कुराको निर्धारण गरिसकेको छैन । जुकरवर्गले गत महिना फेसबुकका अधिकांश कर्मचारीहरु रिमोट वर्क गर्न सक्षम भएको बताएका थिए । साथै कम्पनीले कम्तिमा २०२१ को जूलाईसम्म ५० जनाभन्दा धेरै व्यक्तिको भेला आयोजना नगर्ने जुकरवर्गको घोषणा छ । 

फेसबुक पहिलो त्यस्तो प्रविधि कम्पनी हो, जसले आफ्ना कर्मचारीहरुलाई रिमोट वर्क गर्न अनुमति दिएको थियो । त्यसयता कोरोनाभाइरसको महामारीको प्रतिक्रियाको रुपमा कम्पनीले आफ्ना कर्मचारीहरुलाई विभिन्न सहयोग उपलब्ध गराउँदै आएको छ । 

फेसबुकले वर्क फ्रम होममा आवद्ध कर्मचारीहरुलाई हजार डलर बोनस र चाइल्ड केयरका सामग्रीहरु उपलब्ध गराएको छ । साथै कम्पनीले ती कर्मचारीहरलाई भिडियो कलिङ डिभाइस पनि उपलब्ध गराएको छ ।  

एजेन्सीको सहयोगमा । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१