close

नेपालमा घट्यो इन्टरनेट पहुँच, यस्तो छ कारण

टेकपाना टेकपाना

बैशाख २८, २०७७ १६:३०

नेपालमा घट्यो इन्टरनेट पहुँच, यस्तो छ कारण

काठमाडौं । निरन्तर रुपमा इन्टरनेट पहुँच वृद्धि भइरहेको नेपालमा पछिल्लो समय केही कमी भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको माघ महिनाको तथ्याङ्क अनुसार नेपालमा कुल जनसंख्याको ७१.७६ प्रतिशत इन्टरनेट पहुँचमा रहेका छन् । जुन अघिल्लो पुषको तुलनामा शून्य दशमलव ४ प्रतिशतले कम हो ।

प्राधिकरणको पुस महिनाको तथ्याङ्क अनुसार नेपालमा कुल जनसंख्याको ७२.१६ प्रतिशत जनतामा इन्टरनेट पहुँच रहेको थियो । अर्कोतर्फ माघ महिनामा मोबाइल ब्रोडब्याण्डको पहुँचमा पनि कमी आएको छ ।

प्राधिकरणको तथ्यांकअनुसार माघ महिनामा मोबाइल ब्रोडब्याण्डको पहुँच ५४.९० प्रतिशत रहेको छ । जब कि पुषमा ५५.३० प्रतिशत रहेको थियो । एक महिनाको अन्तरमा मोबाइल ब्रोडब्याण्डमा शून्य दशमलब ४ प्रतिशतको कमी देखिएको छ ।

इन्टरनेट प्रयोगकर्ताको संख्या बढ्दै गएको सन्दर्भमा जनसंख्या वृद्धिको आँकडाले इन्टरनेट पहुँचको प्रतिशतमा गिरावट देखिएको हो । प्राधिकरणले सन् २०११–२०३१ सम्मको अनुमानित जनसंख्यालाई आधार बनाएर पहुँच विश्लेषण गर्ने गरेको छ । जस अनुसार पुषमा नेपालको जनसंख्या दुई करोड ९५ लाख १४ हजार सात सय ४५ रहेको थियो ।

तर, माघमा आइपुग्दा अनुमानित जनसंख्या तीन लाखभन्दा बढीले वृद्धि भएको छ । तर पुषमा भने अनुमानित जनसंख्या दुई करोड ९८ लाख ७६ हजार पाँच सय ३१ रहेको छ ।

जनसंख्याको अनुपातमा इन्टरनेट पहुँच वृद्धि हुन नसक्दा पनि पहुँचमा देखिएको हो । ब्रोडब्याण्ड पहुँचमा कमी आएपनि माघ महिनामा ब्रोडब्याण्ड प्रयोगकर्ताको संख्या भने बढेको छ । पुष महिनामा दुई करोड १२ लाख ९८ हजार ११ जना प्रयोगकर्ता रहेकोमा माघमा बढेर दुई करोड १४ लाख ४० हजार ६ सय ४४ पुगेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१