close

मोटोरोलाका ३५ हजार मुनिका उत्कृष्ट ५ स्मार्टफोन

टेकपाना टेकपाना

बैशाख ३०, २०७७ ९:९

मोटोरोलाका ३५ हजार मुनिका उत्कृष्ट ५ स्मार्टफोन

काठमाडौं । नयाँ फोन खोज्दै हुनुहुन्छ, तर बजेट टाइट छ भने बजारमा धेरै फोनहरु छन् । जून तीन सय डलर अर्थात ३५ हजार रुपैयाँभन्दा कम मूल्यमा पाइन्छन् ।

यस्ता फोनहरु विभिन्न ब्राण्डले बजारमा उपलब्ध गराउँदै आएका छन् । ती मध्ये मोटोरोला कम्पनीले पनि पर्याप्त फिचर भएका बजेट सेग्मेन्टका फोनहरु बजारमा ल्याएको छ ।

मोटोरोलाका नयाँ फोनहरु मोटो जी स्टाइलस र जी पावर लगायत २०१९ मा आएका मोटोरोलाका जी फोनहरु सबै सस्तो मूल्यमा उपलब्ध छन् ।

मोटोरोलाको मोटो जी स्टाइलस

Motorola Moto G Stylus - Full Specification, price, review, comparison

यदि तपाईं नोट टेन फोन सस्तै विकल्प खोज्दै हुनुहुन्छ भने ३५ हजार रुपैयाँ आसपासको मोटो जी स्टाइलस तपाईंका लागि उत्कृष्ट विकल्प हुनसक्छ । यो फोनमा ट्रिपल रियर क्यामेरा, १२८ जीबी स्टोरेज र चार हजार एमएएचको ब्याट्री छ ।

मोटोरोला मोटो जी पावर 

Moto g power 64GB Smartphone (Unlocked, Smoke Black) PAH30004US

न्यू मोटो जी पावर फोन जी स्टाइलसभन्दा सस्तो छ । यो फोन ३० हजार आसपासमा बजारमा उपलब्ध छ । यसमा पाँच हजार एमएएचको ब्याट्री रहेको छ ।

परीक्षणकालमा यो फोनको ब्याट्री चार दिनसम्म टिकेको थियो ।  यो फोनमा तीनओटा रियर क्यामेरा रहेका छन् । जसमध्ये एउटा म्याक्रो लेन्स पनि रहेको छ । यस्तै यसमा ६.४ इञ्चको डिस्प्ले रहेको छ ।

मोटोरोला मोटो जी सेभेन

Motorola Moto G7 Power Price in India, Specifications, Comparison ...

मोटो जी सेभेन पनि जी सेभेन प्ले जत्तिकै सस्तो छ । यसको मूल्य पनि ३५ हजार रुपैयाँ आसपास नै छ । तर यसको सिंगल स्पिकरले भने राम्रो साउण्ड दिदैँन ।

यसले लो लाइट फोटो र भिडियो पनि लिन्छ । यसमा रियर डुअल क्यामेरा अप्सन रहेको छ । यसमा रहेको ब्याट्री किफायती छ र स्लिक डिजाइनको छ । यो चाँडै चार्ज हुन्छ । 

मोटोरोला मोटो जी सेभेन प्ले

Moto G7 Play 32GB Smartphone (Unlocked, Deep Indigo)

मोटो जी सेभेन प्ले फोन पनि एउटा बजेट सेग्मेन्ट कै फोन हो । यसमा स्नापड्रागन चिपसेट र वाटर रिपेलेन्ट कोटिङ छ । यसमा सानो ५.७ इञ्चको डिस्प्ले छ र सिंगल १३ मेगापिक्सेलको क्यामेरा छ ।

सेल्फी लिन मन पराउनेहरुका लागि यो फोन राम्रो रोजाइ बन्न सक्छ । यसमा सेल्फी फ्ल्यास पनि रहेको छ । 

मोटोरोला मोटो जी सेभेन पावर

Moto G7 Power 32GB Smartphone (Unlocked, Marine Blue) PAEB0006US

२०१९ मा आएका फोनहरुमा सबैभन्दा किफायती ब्याट्री पावर भएको स्मार्टफोन हो मोटोरोला मोटो जी सेभेन पावर । यसको मूल्य ३० हजार रुपैयाँ आसपास रहेको छ ।

यसमा मोटो जी सेभेन फ्ल्यागशिपमा जस्तो डुअल रियर क्यामेरा त छैन तर यसमा पाँच हजार एमएएचको ब्याट्री राखिएको छ । यो ब्याट्री २३ घण्टा १० मिनेटसम्म टिक्न सक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१