close

विकास परियोजना व्यवस्थित गर्दै दूरसञ्चार प्राधिकरण

टेकपाना टेकपाना

बैशाख २९, २०७७ १३:४८

विकास परियोजना व्यवस्थित गर्दै दूरसञ्चार प्राधिकरण

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आफू मातहत सञ्चालनमा रहेका परियोजना व्यवस्थित बनाउने प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले ‘डिजिटाइजेन अफ डकुमेन्टेसन अफ प्रोजेक्ट एण्ड अटोमेसन अफ प्रोजेक्ट’ का लागि प्रक्रिया अगाडि बढाएको हो ।

नियामकले आवेदन माग गरी पहिलो चरणमा तीन कम्पनी छनौट समेत गरिसकेको छ । पहिलो चरणमा छनौट भएका कम्पनीमा रेडियन्ट इन्फोटेक नेपाल, टेन अर्बिटस्को सहकार्यमा अप्लाइड इनोभेसन प्राली र स्मार्ट टेक सोलुसन प्रालीको जेभी र ड्राइ आइस नेपाल प्राली रहेका छन् ।

प्राधिकरणका अनुसार छनौट भएका कम्पनीहरुसँग आर्थिक र प्राविधिक प्रस्ताव माग गरिने छ । उनीहरुले बुझाएको आर्थिक र प्राविधिक प्रस्तावलाई अध्ययन गरी अन्तिम कम्पनीको टुंगो लाग्नेछ ।

छनौट भएको कम्पनीले प्राधिकरणबाट सञ्चालनमा रहेका परियोजनाको सम्पूर्ण विवरण राख्न मिल्ने सिस्टम विकास गर्नेछ । त्यसमा परियोजनाको अवस्था, कति सम्पन्न भयो, कती काम बाँकी रहेको छ, कति भुक्तानी भयो, कति हुन बाँकी छ भन्ने लगायत सम्पूर्ण जानकारी राख्ने प्राधिकरणले जनाएको छ ।

परियोजनालाई व्यवस्थित बनाउने योजनाका साथ यो परियोजना अघि बढाइएको हो । यो परियोजना कम्पनी छनौट भई सम्झौता भएको मितिले तीन महिना भित्र सम्पन्न गर्नुपर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१