close

कोरोना ट्रेसिङ एप नबनाउने देशका लागि डब्लूएचओले नै बनाइदिने

टेकपाना टेकपाना

बैशाख २९, २०७७ १२:२७

कोरोना ट्रेसिङ एप नबनाउने देशका लागि डब्लूएचओले नै बनाइदिने

काठमाडौं । कोरोनाभाइरसको महामारीसँगै विभिन्न देशले ट्रेसिङ तथा ट्रयाकिङका लागि ‘कोभीड–१९’ एप बनाएका छन् । कतिपय देशले भने अझै बनाउन सकेका छैनन् ।

जसले बनाउन सकेका छैनन्, त्यस्ता देशका लागि अब विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) आफैले एप बनाइ दिने भएको छ । डब्लूएचओले मे महिनाको अन्त्यसम्म कोरोना संक्रमित पत्ता लागउन सक्ने एप निर्माण गरी विश्वभर उपलब्ध गराउने छ । जसको प्रयोग अहिलेसम्म कोरोना ट्रयाकिङ एप नबनाएका देशका लागि बढी उपयोगी हुनेछ ।

त्यसका लागि हाल गूगल र एप्पलले संयुक्त रुपमा निर्माण गरेको ट्रयाकिङ सिस्टम समावेश गर्ने गरी कुरा भइरहेको समेत उल्लेख छ । डब्लूएचओकाअनुसार अहिले एप्पल र गूगलसँग कानूनी छलफल चलिरहेको छ ।

किनभने अहिले त्यसबाट संकलन गरेको डेटा भविष्यमा उनीहरुले आफ्नो आम्दानीका लागि प्रयोग गर्न नसकुन भन्ने हो । कानूनी छलफल निश्कर्षमा पुगेको खण्डमा चाँडै उक्त एप उपलब्ध हुनेछ । तर नेपाल सरकारले भने यस अघि नै आफ्नो एप बनाइसकेकाले त्यसका लागि अग्रसरता नदेखाउन सक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१