close

क्वालकमको नयाँ स्नापड्रागन ७६८ जी फाइभजी प्रोसेसर सार्वजनिक

टेकपाना टेकपाना

बैशाख २९, २०७७ १४:३०

क्वालकमको नयाँ स्नापड्रागन ७६८ जी फाइभजी प्रोसेसर सार्वजनिक

काठमाडौं । क्वालकम कम्पनीले प्रोसेसरको नयाँ भर्सन स्नापड्रागन ७६८ जी सार्वजनिक गरेको छ । यो भर्सनले यसअघिका भर्सनभन्दा राम्रो सीपीयू र जीपीयू पर्फमेन्स दिने कम्पनीले बताएको छ ।

कम्पनीले यसको ओरिजिनल भर्सन ७६५ जी गत डिसेम्बरमा मात्र सार्वजनिक गरेको थियो । कम्पनीले त्यस समय ७६५ र फ्ल्यागसिप  स्नापड्रागन ८६५ पनि सार्वजनिक गरेको थियो ।

यी दुई ७६५ प्रोसेसर क्वालकम कम्पनीको पहिलो यस्तो चिपसेट हो, जसले फाइभजी मोडेम इन्टिग्रेट गरेको छ । स्नापड्रागन ८६५ मा पनि फाइभजी डिफल्ट रुपमा राखिएको छ । तर यसका लागि छुट्टै सेलुलर मोडेम भने आवश्यक पर्नेछ ।

सीपीयू र जीपीयू पर्फमेन्स १५ प्रतिशत फास्ट 

रेगुलर ७६५ प्रोसेसर र ७६५ जी प्रोसेसरबीचको प्रमुख भिन्नता भनेको ७६५ जीमा क्वालकमको एड्रिनो ६२० जीपीयू पनि थप गरिएको छ । यसकारण रेगुलर ७६५ को तुलनामा ७६५ जीले २० प्रतिशत बढी सुधारिएको पर्फमेन्स दिनेछ ।

क्वालकमका अनुसार ७६८ जीमा जीपीयू पर्फमेन्स थप १५ प्रतिशतले सुधार गरिएको छ । यस्तै ७६८ जीमा सीपीयूमा रहेको क्लक स्पीड २.४ गिगाहर्जदेखि २.८ गिगाहर्ज पुर्‍याइएको छ । 

७६८ जीको अन्य पक्षको कुरा गर्दा यसका पूर्ववर्तीभन्दा यो धेरै फरक छैन । यसमा स्नापड्रागन एक्स ५२ मोडेम हुनेछ । जसमा दुवै एमएम वेब र सब सिक्स गिगाहर्ज फाइभजीको सपोर्ट हुनेछ । यी दुवै स्ट्याण्डअलोन र नन स्ट्याण्डअलोन फाइभजी नेटवर्कमा कम्पेटेबल छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१