close

साइबर ब्युरोको नाम दुरुपयोग गर्दै ‘फ्रड कल’ !

टेकपाना टेकपाना

बैशाख ३०, २०७७ १०:१३

साइबर ब्युरोको नाम दुरुपयोग गर्दै ‘फ्रड कल’ !

काठमाडौं । कतै तपाईंलाई ‘म साईबर क्राईमबाट प्रहरी बोलेको’ अथवा ‘साइबर सेक्युरिटीबाट कल गर्दैछौं’ भनेर फोन आएको त छैन ? यदि त्यस्तो कल आएको खण्डमा आफ्नो जानकारी नदिन प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोले आग्रह गरेको छ ।

साइब ब्युरोले सोमबार सूचना जारी गर्दै ‘म साईबर क्राईमबाट प्रहरी बोलेको’ अथवा ‘साइबर सेक्युरिटीबाट कल गर्दैछौं’ भन्दै फोन गरी अश्लील फोटो भिडियो माग्ने गरेको घटाना देखा परेको भन्दै त्यस्ता फोन कलहरुबाट बच्न आग्रह गरेको हो ।

ब्युरोले त्यसरी फोन गरी फोटो तथा भिडियो मागी ब्ल्याकमेलिङ गर्ने, सामाजिक सञ्जालमा पोष्ट गरी चरित्र हत्या गर्ने जस्ता कृयाकलाप भइरहेको उल्लेख गरेको छ । हाल त्यस्ता गतिविधिको अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

यदि फोन कल अथवा ईमेलमार्फत त्यसरी जानकारी मागिएको खण्डमा ब्युरो वा नजिकैको प्रहरी कार्यालयमा तत्काल जानकारी दिन समेत साइबर ब्यूरोले अनुरोध गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१