close

भिडियो कलमा ५० जनासम्म जोडिन मिल्ने सुविधा ल्याउँदै ह्वाट्सएप

टेकपाना टेकपाना

बैशाख ३१, २०७७ ९:५

भिडियो कलमा ५० जनासम्म जोडिन मिल्ने सुविधा ल्याउँदै ह्वाट्सएप

काठमाडौं । म्यासेजिङ एप ह्वाट्सएपले भिडियो कलमा एकसाथ ५० जनासम्म जोडिन मिल्ने फिचरको परीक्षण गरिरहेको छ । कोरोना भाइरसका कारण भिडियो कन्फ्रेन्सिङ एपको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै कम्पनीले उक्त सुविधा थप गर्ने तयारी गरेको हो ।

यसबारे डब्लुएबेटाइन्फोले जानकारी सार्वजनिक गरेको छ । डब्लुएबेटाइन्फोका अनुसार फेसबुकले ह्वाट्सएपमा म्यासेञ्जर रुम्सको परीक्षण गरिरहेको छ । जुन वेब भर्सनको लागि चाँडै सार्वजनिक गर्ने तयारीमा कम्पनी रहेको छ ।

Credit: Wabetainfo

फेसबुकको म्यासेञ्जर रुम्समार्फत प्राइभेट स्पेसमा लिंक सेयर गरेर भिडियोमा कनेक्ट हुन सकिनेछ । यसका लागि फेसबुक प्रयोगकर्ता नै हुनुपर्ने भन्ने आवश्यकता हुने छैन । कम्पनीले यसको सुरुवात कोरोना माहामारिकै बीच गरेको थियो । जसलाई जूमको प्रतिस्पर्धीको रुपमा समेत हेरिएको छ ।

डब्लूएबेटाइन्फोले सार्वजनिक गरेको जानकारी अनुसार ह्वाट्एपको वेब भर्समा हुने अट्याच अप्सनमा भिडियोको एउटा सर्टकट दिइनेछ । जसमा क्लिक गरेसँगै त्यहाँबाट म्यासेञ्जर रुम्समा रिडाइरेक्ट हुने छ ।

Credit: Wabetainfo

त्यसरी रिडाइरेक्ट हुँदा म्यासेञ्जरको कल ईण्ड–टु–इण्ड इन्क्रिप्ट नहुने भन्ने विषयमा प्रयोगकर्तालाई जानकारी समेत दिइने उल्लेख छ । पहिलो चरणमा वेब भर्सनमा सार्वजनिक हुने यो सुविधा चाँडै नै आईओएस र एन्ड्रोइड भर्सनमा पनि उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१