close

टेलिकमले एक महिनामै दियो ६७ करोडको बोनस र छूट

टेकपाना टेकपाना

बैशाख ३०, २०७७ १३:५७

टेलिकमले एक महिनामै दियो ६७ करोडको बोनस र छूट

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले गएको चैत्रमा मात्रै कूल ६६ करोड ९० लाख रुपैयाँ बराबरको बोनस र छूट उपलब्ध गारएको छ । कोरोना भाइरसको महामारीका कारण सुरु भएको लकडाउनमा आफ्ना प्रयोगकर्ताको सहजताका लागि कम्पनीले राहत स्वरुप बोनस र छूट उपलब्ध गराउन थालेको हो ।

टेलिकमले चैत्र २०७६ सम्म टपअपमा शत प्रतिशत बोनस स्वरुप ५३ करोड ४० लाख रुपैयाँ बराबर वितरण गरिएको जनाएको छ ।

सोही अवधिमा शुन्य व्यालेन्स भएका मोबाइल प्रयोगकर्ताहरूलाई ५ करोड ३० लाख रुपैयाँ व्यालेन्स उपलब्ध गराइएको छ भने मोबाइल सेवाको आधारभूत दरमा २७ देखि ३० प्रतिशतसम्म छूटको रुपमा ८ करोड २० लाख रुपैयाँको योगदान पुर्‍याएको छ ।

यसबाहेक कम्पनीले कोरोनाभाभाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० करोड रुपैयाँ योगदान समेत गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१