close

एनएमबी बैंकमा अब भाइबरबाटै खाता खोल्न सकिने

टेकपाना टेकपाना

बैशाख ३१, २०७७ १९:३१

एनएमबी बैंकमा अब भाइबरबाटै खाता खोल्न सकिने

काठमाडौं । एनएमबी बैंकले भाइबरबाटै खाता खोल्न सकिने सुविधा सुरु गरेको छ । यसअघि फेसबुक म्यासेञ्जरबाटै खाता खोल्न सकिने व्यवस्था गरेको बैंकले भाइरमा समेत उक्त सुविधा दिन थालेको हो ।

यससँगै भाइरब प्रयोगकर्ताले अब एनएमबी बैंकमा खाता खोल्न चाहेको खण्डमा च्याट गरेकै भरमा बचत तथा मुद्दती निक्षेप खाता खोल्न सक्नेछन् । बैंकले वर्तमान प्रतिकूल परिस्थितिमा ग्राहकको सहजता, उच्चप्रतिफल र सुरक्षाको सुनिश्चितता सहित यो सुविधा सुरु गरिएको जनाएको छ ।

डिजिटल बैंकिंङ सेवालाई प्राथामिकताका साथ विस्तार गरिरहेको बैंकले आगामी दिनमा अझ सरल र सहज बैंकिङ सेवा प्रदान गर्दै जाने बताएका छ । बैंकले यसलाई सुरक्षाको मामिलामा कुनै सम्झौता नगरी ग्राहकलाई वित्तीय कारोबार सम्पादन गर्न सहयोग पुर्‍याउने एक महत्वपूर्ण योजना भएको उल्लेख गरेको छ ।

यदि तपाईं भाइबरमार्फत एनएमबी बैंकमा खाता खोल्न चाहनुहुन्छ भने ९८५११७६१०१ र ९८५११७६१०२ मा सम्पर्क गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१