close

ओप्पो फाइभजी फाइण्ड एक्स टू र सीपीई ओम्नी

टेकपाना टेकपाना

बैशाख ३१, २०७७ २०:३८

ओप्पो फाइभजी फाइण्ड एक्स टू र सीपीई ओम्नी

अहिले तीब्र गतिमा हुँदै गरेको फाइभजीलाई ध्यानमा राख्दै ओप्पोले फाइन्ड एक्स टू सिरिजको विकास गरिरहेको छ । जसमा फाइन्ड एक्स टू र फाइन्ड एक्स टू प्रोमा फाइभजी सेवा समावेश गरिएको छ ।

कम्पनीले भर्खरै सार्वजनिक गरेको ओप्पो फाइभजी सीपीई ओम्नीले फाइभजी सिग्नललाई वाईफाई सिक्स सिग्नलमा परिणत गर्ने कार्यमा फाइभजी सिमकार्डको प्रयोग गर्छ । यसको माध्यमबाट हरेक किसिमका उपकरणमा स्थिर हाई स्पीड नेटवर्क उपलब्ध गराउन सकिन्छ ।

ओप्पो फाइभजी सीपीई ओम्नीमा फाइभजी सिग्नल प्राप्त गर्नका लागि आठवटा ब्यूल्टईन एन्टेनाका साथै ओ मोसन ३६० डिग्री फाइभजी एन्टेनापनि राखिएको छ । फाइभजी कनेक्टिभिटीको नयाँ युगमा घर तथा अफिस जहाँ भएपनि यो प्रयोगका लागि उपयुक्त छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१