close

निजामती सेवाबाटै विदा भए सञ्चार सचिव सुवेदी

टेकपाना टेकपाना

जेठ १, २०७७ १२:१४

निजामती सेवाबाटै विदा भए सञ्चार सचिव सुवेदी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले अवकास पाएका छन् । उमेर हदका कारण उनले बिहीबारदेखि निजामती कर्मचारी जीवनबाट विदा लिएका हुन् ।

सचिव सुवेदीलाई बुधबार विशेष कार्यक्रमका बिच अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले विदाई गरे । सचिव सुवेदीको अवकाससँगै मन्त्रालयमा निमित्त सचिवको कार्यभार सहसचिव राधिका अर्याललाई दिईएको छ ।

गएका कात्तिक २९ गते बसेको मन्त्रिपरिषदको बैंठकले सुवेदीलाई सञ्चार मन्त्रालयको सचिवको जिम्मेवारी दिएको थियो । सञ्चार सचिवको रुपमा ६ महिना कार्यभार सम्हालेका उनी त्यसअघि प्रदेश नम्बर २ मा प्रमुख सचिवको रुपमा कार्यरत थिए ।

सुवेदी २०४१ सालमा पहिलो पटक तल्लो तहको कर्मचारीको रुपमा सरकारी सेवामा प्रवेश गरेका थिए । २०४७ सालमा शाखा अघिकृत भएका उनले त्यसपछि गृहमन्त्रालय, लोकसेवा आयोग र पर्यटन मन्त्रालयमा काम गरे ।

२०५४ मा उपसचिव पदमा बढुवा भएका सुवेदी त्यसपछि भौतिक निर्माण तथा यातायात मन्त्रालय, युवा, खेलकुद तथा संस्कृती मन्त्रालय र श्रम मन्त्रालयमा कार्यरत रहे । २०६६ मा सहचिवमा बढुवा भएपछि दुई वर्ष श्रम तथा याता व्यवस्थापन मन्त्रालयमा काम गरेका उनले त्यसपछिका तीन वर्ष वाणीज्य तथा आपूर्ती मन्त्रालय र एक वर्ष स्थानीय विकास मन्त्रालयमा रहेर काम गरे ।

२०७३ मा गृह मन्त्रालयमा फर्केका सुवेदी एक वर्षपछि निर्वाचन आयोगमा पुगे । निर्वाचन आयोगमा उनी तीन चरणको चुनावमा संलग्न भए । ३ मंसीर २०७५ को मन्त्रिपरिषद निर्णयबाट प्रदेश प्रमुख सचिवमा बढुवा भएका उनी प्रदेश दुईमा गएका थिए ।

त्यसपछि सञ्चार मन्त्रालयमा सचिवको रुपमा आएको उनले आफ्नो कार्यकालमा नीतिगत रुपमा दुरगामी प्रभाव पर्ने खालका निर्णयमा सहभागी हुने अवसर खासै पाएनन् ।

तर पनि मन्त्रालयको तर्फबाट अहिलेको अवस्थामा चाल्नु पर्ने पदमको विषयमा आफू सफल भएको सुवेलीले बताए । उनले भने, ‘दूूरसञ्चार सेवालाई गुणस्तरीय बनाउनुका साथै देशभर फोरजी सेवा विस्तार, एफटीटीएच सेवा लगायतमा काम भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१