close

सम्पन्न भइसक्नुपर्ने देशकै इन्टरनेट मेरुदण्डको प्रगति जम्मा ११ प्रतिशत

टेकपाना टेकपाना

जेठ १, २०७७ १७:२६

सम्पन्न भइसक्नुपर्ने देशकै इन्टरनेट मेरुदण्डको प्रगति जम्मा ११ प्रतिशत

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिरकण र नेपाल टेलिकमबीच १२ असोज २०७३ मा पूर्वी नेपालदेखि गोरखासम्म अप्टिकल फाइबर बिछ्याउने गरी सम्झौता भयो । उक्त सम्झौता नै सूचना महामार्ग परियोजनाको सुरुवात थियो ।

दूई वर्षमा सम्पन्न गर्ने उद्देश्यका साथ २०७३ सालमा सुरु भएको उक्त परियोजनाको काम चार वर्ष बितिसक्दा जम्मा ११.५२ प्रतिशतमात्रै पुरा भएको छ । ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजनाको प्रगति विवरण बिहीबार सार्वजनिक भएको छ ।

ब्रोडब्याण्ड ब्याक बोन (मेरुदण्ड) को रुपमा रहेको सूचना महामार्ग निर्माण तथा ग्रामीण क्षेत्रमा ब्रोडब्याण्ड नेटवर्क पहुँच विस्तार गर्न प्राधिकरणले छुट्टा छुट्टै परियोजना अगाडि बढाएको छ ।

मध्यपहाडी लोकमार्ग भएर सबै जिल्ला सदरमूकाम उच्च क्षमताको अप्टिकल फाइबर नेटवर्कले जोड्ने गरी सूचना महामार्ग परियोजना सुरु गरिएको थियो । तीनवटा प्याकेजमा सञ्चालित यो परियोजनामा २०७७ वैशाख मसान्तसम्म केवल २४० किलोमिटर फाइबर विछ्याउने काम सकिएको छ ।

सम्झौता अनुसार प्रदेश १, २ र बागमतीमा नेपाल टेलिकमले, गण्डकी प्रदेश र ५ नम्बर प्रदेशमा युनाइटेट टेलिकम लिमिटेड (यूटीएल) ले र कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा स्मार्ट टेलिकमले परियोजना अगाडि बढाउने जिम्मा पाएका थिए ।

स्मार्ट टेलिकम परियोजनाको काम गर्न नसकेको भन्दै सम्झौता खारेज गरी सरकारको निर्देशनमा प्राधिकरणले नेपाल टेलिकमलाई जिम्मा लगाइसकेको छ । यो परियोजना अन्तर्गत कुल ६ हजार ३ सय २१ किलोमिटर फाइबर विस्तार गर्नुपर्नेछ ।

हालसम्म प्याकेज एक अन्तर्गत टेलिकमले दुई सय ४० किलोमिटरको काम मात्रै सम्पन्न गरेको छ । यो परियोजना सम्झौता भएका मितिले दुई वर्षमा सक्नु पर्ने हो । गत वर्ष नै सम्पन्न गर्नुपर्ने यो परियोजनामा कम्पनीले २०७६ वैशाख २ गतेदेखि मात्र काम सुरु गरेको थियो ।

विवरणप्याकेज १ प्रदेश नं. १, २ र ३)प्याकेज २ (प्रदेश नं. ४ र ५)प्याकेज ३ (प्रदेश नं. ६ र ७)
छनौट भएका सेवा प्रदायकनेपाल टेलिकमयूटीएलनेपाल टेलिकम
अप्टिकल फाइबर विस्तार
निर्माण गर्नुपर्ने दूरी (कि.मि.) २१७९*२१६०१९९२
सम्पन्न दूरी (कि.मि.) २४०X X
प्रगति (प्रतिशतमा) ११.५२ X X
डिडब्लुडीएम तथा राउटर जडान
जडान गर्नुपर्ने जम्मा डीडब्लुडीएम२६२१ २८
हालसम्मको जडान २५X X
जडान गर्नुपर्ने कोर राउटर ४८७३५६
हालसम्मको जडान१७ XX
माईक्रोवेभ लिंक जडान
जडान गर्नुपर्ने स्थानXX१८
हालसम्मको जडानXXX

प्याकेज २ को परियोजना दुई वर्षभित्र सम्पन्न गर्ने गरी यूटीएलसँग सम्झौता भएकोमा कम्पनीले हालसम्म कुनैपनि काम गरेको छैन । अर्कोतर्फ प्राधिकरणले उक्त परियोजनाको सम्झौता अवधि समेत थप गरेको छैन ।

समयावधि थप नहुँदा स्वतः सम्झौता खारेज भइसकेको छ । तर, कम्पनीले सर्वोच्च अदालतमा दायर गरेको रिट विचाराधीन हुँदा उक्त परियोजना अन्यौतामा फसेको छ ।

त्यस्तै हाल टेलिकमलाई जिम्मा लगाइएको प्याकेज ३ को परियोजनाको बोलपत्र आह्वान भएपनि खरिद प्रक्रिया भने अगाडि बढ्न सकेको छैन । यस परियोजना अन्तर्गत ७५ वटा डीडब्लूडीएम राउटर जडान गर्नुपर्नेमा हालसम्म कुल २५ वटाको जडान सम्पन्न भएको बताइएको छ ।

त्यस्तै १७७ वटा कोर राउटर जडान हुनुपर्नेमा हालसम्म जम्मा १७ वटाको मात्रै जडान सकिएको छ । माइक्रो वेभ लिंक १८ स्थानमा जडान हुनेपर्नेमा उक्त कार्यको सुरुवात नै भएको छैन् ।

प्राधिकरणका अनुसार कोरोना भाइरसको महामारीका कारण २०७७ वैशाखदेखि उल्लेखित परियोजनामा भौतिक प्रगति हुन सकेको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१