close

आविष्कार केन्द्रलाई आइस्पानले दियो ५ लाख, अन्यलाई नगद र स्वास्थ्य सामग्री

टेकपाना टेकपाना

जेठ १, २०७७ १३:५९

आविष्कार केन्द्रलाई आइस्पानले दियो ५ लाख, अन्यलाई नगद र स्वास्थ्य सामग्री

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले सात लाख रुपैयाँ नगदका साथै विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोनाभाइरसको माहामारीसँग लड्ने कार्यमा सहयोग स्वरुप संघले विभिन्न संघ संस्थालाई उक्त सहयोग उपलब्ध गराएको हो ।

यसक्रममा संघले राष्ट्रिय आविष्कार केन्द्र र अभियान्ता महाबिर पुनलाई पाँच लाख सहयोग उपलब्ध गराएको छ । स्थानीय स्तरमा कोराना विरुद्द आवश्यक विभिन्न सामग्री निर्माण गर्ने कार्यका लागि उक्त सहयोग उपलब्ध गराइएको संघले जनाएको छ ।

त्यस्तै संघले भक्तपुर क्यान्सर अस्पताल लगायत विभिन्न ठाउँमा रहेका सहारा बिहीनहरुलाई खाना खुवाउँदै आइरहेको मानव आश्रमलाई समेत दुई लाख एक हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

यसैगरी संघले ट्राफिक प्रहरी प्रभाग बग्गीखाना र महानगरीय प्रहरी आयुक्तको कार्यलय रानीपोखरीलाई समान तीन सय थान के नाइन्टी फाइभ मास्क, तीन सय थान सेनिटाइजर र पाँच प्याकेट (पाँच सय थान) पन्जा सहयोग गरेको छ । नेपाल प्रेस काउन्सिल अन्तर्गत पत्रकारलाई तीन सय ७५ थान के नाइन्टी फाइभ मास्क, तीन सय थान सेनिटाइजर, पाँच प्याकेट (पाँच सय थान) पञ्जा सहयोग उपलब्ध गराएको छ ।

यसका साथै स‌ंघले काठमाडौं महानगरपालिकालाई तीन सय थान के नाइन्टी फाइभ मास्क, तीन सय थान सेनिटाइजर, ५० प्याकेट (पाँच हजार थान) पञ्जा सहयोग गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१