close

ई-सेवाले सुरु गर्‍यो रेमिट्यान्स सेवा

टेकपाना टेकपाना

जेठ १, २०७७ १४:४४

ई-सेवाले सुरु गर्‍यो रेमिट्यान्स सेवा

काठमाडौं । ई–सेवा मनी ट्रान्सफरले आफ्नो सेवा सुरु गरेको छ । कम्पनीले जापानको वर्ल्ड फेमिली रेमिटको डिजिटल माध्यमबाट आफ्नो पहिलो रेमिट्यान्स् कारोबार सुरु गरेको हो ।

यससँगै अब जापानमा रहेका नेपालीहरुले ई–सेवा मनि ट्रान्सफर मार्फत सहज र सुरक्षित रुपमा रकम नेपाल पठाउन सक्नेछन् । आगामी दिनहरुमा विश्वका अन्य मुलुकबाट पनि रेमिट्यान्स् कारोबार सुरु गरिने ई–सेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए ।

कोइरालाले भने, ‘हामी जापान बाहेक अन्य मुलुकमा पनि छिट्टै सेवा विस्तार गर्दै छौँ । अबदेखि कुनै पनि ठाँउमा रहनु भएका नेपालीहरुले छिटो, छरितो र सुलभ माध्यबाट नेपालमा पैसा पठाउन सक्नु हुनेछ ।’

नयाँ सोच, प्रविधि र समय अनुसार अगाडि बढ्नु पर्ने बाध्यात्मक अवस्था आएको भन्दै प्रबन्ध निर्देशक कोइरालाले डिजिटल माध्यमबाट नै सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिलेको बताए ।

ई–सेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनीको रुपमा स्थापना गर्नु आफूहरुको उद्देश्य रहेको कम्पनीको भनाई छ । ई–सेवा मनि ट्रान्सफरले करिब दुई महिना अघि मात्र नेपाल राष्ट्रबैंकबाट लाइसेन्स प्राप्त गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१