close

५० जनासम्मले भिडियो कल गर्न मिल्ने फेसबुक म्यासेञ्जर रुम सार्वजनिक

टेकपाना टेकपाना

जेठ २, २०७७ १२:४७

५० जनासम्मले भिडियो कल गर्न मिल्ने फेसबुक म्यासेञ्जर रुम सार्वजनिक

काठमाडौं । जूमले कहिल्यै सामाजिक सञ्जालको रुपमा आउन चाहेको थिएन । तर यो इन्टरप्राइज भिडियो च्याट एप साथी र परिवारसँग सम्पर्कमा रहनको लागि महामारीको समयमा एउटा उपयोगी सफ्टवेयर बन्यो ।

आज, फेसबुकले म्यासेञ्जर रुम सुरु गर्दै जूमको सामाजिक भिडियो च्याट सेवाको प्रगतिलाई आफूतिर खिच्न खोजेको छ । जसमा ५० जनासम्मले भिडियो च्याटमा असीमित कुराकानी गर्न सक्नेछन् ।

यो फिचरले भिडियो कुराकानीलाई फेसबुक र इन्स्टाग्राम लाइभमार्फत सबैजनाको फीडमा पठाउन सकिने छ । जसबाट फेसबुकले आफ्नो नयाँ सेवाको प्रयोगलाई व्यापकता दिने अपक्षा गरेको छ । 

म्यासेञ्जर रुम एउटा भिडियो च्याट हो । यो सुविधा प्रयोग गर्ने साथीले एउटा भर्चुअल कोठा तयार पार्दछ । फेसबुकले अरु प्रयोगकर्ताहरू वा सीमित साथीहरुमाझ न्युज फीडमा समेत यसको अलर्ट पठाउन सक्छन् ।

केही समय अघि फेसबुकले यसको घोषणा गर्दै प्रयोगकर्ताले इन्स्टाग्राम डीएम, ह्वाट्सएप र छुट्टै पोर्टलबाट समेत यस्तो भिडियो कुराकानीमा जोडिन मिल्ने सुविधा समावेश गरिने बताएको थियो । 

अहिलेका लागि प्रयोगकर्ताले म्यासेञ्जर तथा फेसबुक एपबाट कल गरेर फेसबुक अकाउण्ट नरहेका अन्य व्यक्तिहरुलाई समेत आमन्त्रण गर्न सक्छन् ।  पछिल्लो पटक फेसबुकका सीईओ मार्क जुकरबर्गले हालका हप्ताहरूमा ग्रुप भिडियो च्याटहरूको प्रयोग एक हजार प्रतिशतले बढेको बताएका थिए ।

सामाजिक सञ्जालमा आधारित सुविधा र स्क्रीन शेयरिङले यो एपले इन्टरप्राइज तथा जूमको मूख्य व्यवसायलाई भने तत्काल खासै प्रभाव पार्ने देखिँदैन ।

म्यासेञ्जर रुमको सहारामा फेसबुकले पछिल्लो समय निकै चर्चा बटुलिरहेका जूम र टिकटक जस्ता प्लेटफर्मबाट केही फिचर चोर्न खोजेको छ । टेकपाना म्यासेञ्जर रुम कसरी प्रयोग गर्ने भन्ने विषयको जानकारीका लागि टेकपाना अपडेट हेर्दै गर्नुहोला ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१